Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विकल्प खोज्दै यातायात क्षेत्रका मजदूर

बलेवा । बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ । बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदूर बेरोजगार भएका छन् । लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुबाट आश्रित १९ हजारभन्दा बढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् ।

तत्कालीन धौलागिरि अञ्चलभित्रका बस र जीप व्यवसायी कम्पनीमा आबद्ध भएका मजदूर अहिले वैकल्पिक पेशाको खोजीमा छन् । तत्काल सार्वजनिक यातायात नचलेमा उनीहरुको परिवारमा भोकमरी लाग्नेसमेत व्यवसायीले बताए । धौलागिरि गण्डकी यातायात कम्पनीमा सूचीकृत भएका बस र माइक्रोबसमा काम गर्ने सबैभन्दा बढी मजदूर बेरोजगार भएका हुन् । उनीहरुको सवारी काठमाडौँ, पोखरा, नारायणगढ, सुनौली र काँकडभिट्टासम्म सञ्चालन थिए । सो कम्पनीमा मात्रै ३०० बस दर्ता छन् । हरेक बसमा दुई जनासम्म चालक र एक÷एकजना सहचालकसमेत गर्दा ९०० जना बेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।

लामो दूरीको यात्रा गराउने भएकाले धेरै बसमा दुई जनासम्म चालकले काम पाएका थिए । अहिले सबैजना बेरोजगार भएको उनले बताए । बेरोजगार भएकाहरु कतिपयले गाउँमा गएर तरकारी खेती गरेर पनि बसेका छन् । अधिकांशको खेतीपाती गर्ने जमीनसमेत नभएको, बजारमा डेरा लिएर बसेकाले भाडा तिर्न पनि नसक्ने अवस्था आइसकेको उहाँले गुनासो गरे । लामो समयदेखि थन्केका सवारी साधन मर्मत गरेर चलाउन सकेमा बैंकको ऋण तिर्न सकिने, मजदूरले रोजगारी पनि पाउने उनले बताए ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा लगाए पनि सङ्क्रमण निजी सवारीमा कोचाकोच यात्रा गर्नेबाट सरेको व्यवसायीले टिप्पणी गरे । “सार्वजनिक यातायात खुलाएर दूरी कायम गरेको भए राजधानीमा पनि यतिको समस्या पर्ने थिएन”, उनले भने, “अझै पनि सार्वजनिक यातायातबारे चासो नराखे धेरै मजदूर भोकभोकै पर्नेछन् ।” बागलुङका बुर्तिवाङ यातायात सेवा कम्पनी, बागलुङ भगवती कम्पनी र धौलागिरि जीप कम्पनी समेतमा गरी झण्डै ६०० भन्दा बढी सवारी साधन सार्वजनिक यातायातका रुपमा चल्दै आएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies