Khabar Dabali Logo
  October 24, Sat

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस ९कोभिड–१९० का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग÷स्कूल÷क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका छन्।

उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् । “त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,” उनले भने, “तर हालसम्म पनि कतिपय विद्यार्थीहरू आपूm अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैले चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन अनुरोध गरिएको हो ।”

त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनु समेत अनुरोध गरिएको छ । त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ ।

भदौ १० गते, २०७७ - १३:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने...   

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top