Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बाढी पहिरो पीडितलाई थप राहत दिन माग

बझाङ । सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली जिल्लाको विकास निर्माण, प्राकृतिक विपद् र कोभिड १९ को अवस्थाका बारेमा यहाँ आइ जानकारी लिएको छ । यसक्रममा जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लाको शान्ति सुरक्षा तथा विकास निमार्णका साथै बाढी पहिरोबाट भएको क्षतिका बारेमा संसदीय टोलीलाई जानकारी गराएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाको जोखिम हुन नदिन भएका प्रयास सहित जिल्लाका सिँचाइ डिभिजन , खानेपानी , कृषि ज्ञान केन्द्र ,पशु , सडक , पूर्वाधार लगायतका कार्यालयका प्रमुखले आ आफ्ना गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रदेश सभाषद् दीर्घ सोडारीले जिल्लाको विकास निमार्णको अवस्था बुझ्न जिल्ला दौडाहामा निस्केकोे जानकारी दिए । सो टोलिमा प्रदेश सभाषद अक्कलबहादुर रावल , पुणा जोशी , महेशदत्त जोशी , प्रेमप्रकाश जोशी र गेल्बुसिंह बोहोरा पनि रहेका थिए ।

जिल्लामा पहिलो पटक आएको संसदीय टोलीसंग जिल्लाबासीहरुले सडक , विद्युत्, खानेपानीका समस्याका बारेमा जानकारी गराउँदै विपद्मा थप राहतको माग गरेका थिए । प्रदेश सरकारबाट जिल्लामा आउने योजनाहरु स्थानीयतहले प्राथमिकता गरेका योजनाहरुमा बजेट नआइ भनसुन र कार्यकर्तामुखी योजना बढी आएका नेपाली काँग्रेसका नेता चेतराज बजालले बताए । जिल्ला समन्वय समितिका संयोजक खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले स्थानीयतहमा काम गर्दाको साह्रो गाह््रो र प्रदेश र स्थानिय तह बीचको समन्वय सहकार्यलाइ जोड दिनु पर्ने सुझाव दिएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies