Khabar Dabali Logo
  October 27, Tue

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ

काठमाडौं । सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ ।

हालसम्म देशभर संक्रमितको संख्या ३० हजार ४ सय ८३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १ सय ३७ पुगेको छ । शुक्रबार मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुने संख्यामा यो हालसम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकीय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने उल्लेख छ ।

यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।

धेरै प्रयोग हुने चिजहरू (ढोका, मेसिनका ह्यान्डल, टेबल) डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर रोक्न स्वयं व्यक्ति सचेत र सतर्क हुनुपर्ने आवश्यकता औंल्याए ।

भदौ ६ गते, २०७७ - ०७:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top