Khabar Dabali Logo
  October 29, Thu

उद्धार उडान तत्काल सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय, बेखर्चीलाई पनि ल्याइने

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – दुई दिनअघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पिसिआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि होटेल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । होटेलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।

‘अब तत्काल उद्धार उडानहरू हुन्छन् । सम्बन्धित देशले पठाएको सिफारिसका आधारमा उडान हुन्छन्, काठमाडौंबाहिर जान पहिले जस्तो सहज नभएको कारण उडान संख्या सीमित गर्नुपर्ने हुन सक्छ,’ मन्त्री भट्टराईले भने, ‘सरकारको निर्णयअनुसार काठमाडौंमा आउनेले सात दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नुपर्छ । होटेल बुक गरेको कागज भएकाहरूलाई मात्रै ल्याउने व्यवस्था गरिनेछ ।’

पिसिआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताए । स्वदेश ल्याइएका नेपालीलाई राख्ने होटेलको लिस्ट र मूल्यसूची जिल्लास्थित सिसिएमसीले तोक्ने उनले बताए । काठमाडौंमा सरकारले तत्काल क्वारेन्टाइन बनाउने र जिल्लास्थित सिसिएमसीले पनि त्यसको व्यवस्थापन गर्ने मन्त्री भट्टराईले बताए ।

सरकारको निर्णयले विदेशबाट फर्कने कामदारलाई प्रतिव्यक्ति कम्तीमा २१ हजार आर्थिक भार थपिनेछ । होटेलमा बस्न तीनदेखि आठ हजारसम्म भाडा तोकिएको छ । यसअनुसार कामदारले होटेललाई २१ हजारदेखि ५६ हजारसम्म भाडा तिर्नुपर्नेछ । त्यस्तै भारतबाट विभिन्न नाका हुँदै आउने नेपालीले पनि अनिवार्य रूपमा सात दिनको होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

भदौ ५ गते, २०७७ - ०७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top