Khabar Dabali Logo
  October 24, Sat

सम्झौताबमोजिम काम नभए जिम्मेवारी पुनर्विचार हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यसम्पादन करार सम्झौता अनुसारको प्रगति नदेखिएमा विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले आज मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षरपछि कर्मचारीलाई निर्देशन दिँदै यस्तो चेतावनी दिए ।

कार्यसम्पादनका आधारमा मूल्याङ्कन हुने प्रणाली स्थापना गर्न लागेको बताउँदै उनले कार्य प्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा बसिरहन नैतिक अधिकार नभएको बताए । “कार्यसम्पादन करार सम्झौतामा कार्यजिम्मेवारी, समयसीमा र प्रगतिका सूचकहरु स्पष्टसँग तोकिएका छन्, समयसीमा भित्र प्रगति नदेखिएमा जिम्मेवारीवाट हटाइनेछ”, उनले भने, “विकास र समृद्धिको जनचाहना पूरा गर्न नसके सङ्घीय व्यवस्थाको औचित्यमा प्रश्न उठ्छ, त्यसैले परिणाममुखी विकासका लागि बजेट कार्यान्वयनमा गम्भीरतापूर्वक जुट्नुस् ।”

उनले मातहतका कार्यालय प्रमुखसँग छिटोभन्दा छिटो कार्यसम्पादन करार सम्झौता गर्न सचिवलाई निर्देशन दिए। मन्त्रालयका सचिव धर्मेन्द्रकुमार झाले चालू आर्थिक वर्षको प्रगतिमा उल्लेख्य सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । गत वर्ष संरचना निर्माणमा ढिलाइ, अख्तियारीमा ढिलाइ, कर्मचारी अभावलगायत समस्या देखिएको बताउँदै उनले यसवर्ष ती समस्या नदोहोरिने प्रष्ट पारे । “बजेट कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेका छन्,” सचिव झाले भने, “योजनाहरुको सर्भे, डिजाइन, लागत अनुमान तयारी लगायतका काम सकेर दसैंअघि नै अधिकांश योजनाको ठेक्का आह्वान गर्ने अवस्थामा पुग्छौँ ।”

भदौ ३ गते, २०७७ - २१:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन्...   

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका...   

कोरोना त्राास : पाटन सिल, देहिमाडौँ बन्द

बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ...   
मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बई । मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको...   
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top