Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

युरिया मलको अभाव यथावत्

विराटनगर । यस वर्ष धान रोपाइँ गएका वर्षभन्दा धेरै राम्रो भए पनि किसानले रासायनिक मल युरिया पाउन सकेका छैनन् । किसानले आफ्नो प्रयासमा भारतबाट युरिया मल ल्याउँदा सुनसरीका सीतागञ्ज शाखा नहरमा प्रहरी बस्ने र उनीहरुले जबरजस्ती पैसा माग्ने गरेको स्थानीय अजित मियाँले जानकारी दिए ।

किसानले धानलाई पोषण दिने युरिया खेतमा हाल्न नपाउँदा उनीहरु दिनरात मलका लागि छटपटाइरहेका छन् । पूर्व क्षेत्रमा युरिया र डिएपी मल वितरण गर्ने साल्ट ट्र«ेडिङ र कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरमा युरिया मल छैन । पूर्व क्षेत्रका लागि गएको वर्षमा १५ हजार मेट्रिक टन युरिया मल कृषि सामग्री कम्पनि लिमिटेड कार्यालय विराटनगरले किसानलाई उपलब्ध गराएको थियो । मोरङमा मात्रै नौ हजार ६०० मेट्रिकटन युरिया किसानलाई उपलब्ध भएको थियो । अहिले किसानलाई युरिया मल चाहिएको छ तर मल नभएको र आउने टुङ्गो पनि नरहेको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख नवरत्न सुवेदीले जानकारी दिए ।

यसैगरी, साल्ट ट्र«ेडिङ विराटनगरमा पनि युरिया मल नरहेको तर डिएपी मल तीन हजार ९०० मेट्रिकटन मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले बताए । उनले साल्ट ट्र«ेडिङलाई भोलिसम्ममा पाँच हजार ६६० मेट्रिक टन प्राप्त हुने जानकारी पनि दिए । अहिले आउने युरिया मल साउन २१ गतेभन्दा पहिले नै आइसक्नु पर्ने तर नआएको र अहिले विराटनगर भन्सारसम्म आइसकेको सूचना प्राप्त भएकाले नै भोलि वा पर्सिसम्म सो परिमाणमा युरिया मल प्राप्त हुने प्रमुख चौधरीले जनाइएको छ । एक हेक्टर जग्गामा दुईदेखि तीन बोरा युरिया मल आवश्यक पर्ने कृषि विकास निर्देशनालयले जनाएको छ ।

पूर्व क्षेत्रको धान रोपाइँको हिसाब हेर्दा धान लगाइने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा हो । यस वर्ष ९५ प्रतिशत रोपाँई भएको कृषि विकास निर्देशनालयले जनाएको छ । यस हिसाबले धानलाई मात्रै १० लाख २२ हजार ४८७ बोरा युरिया आवश्यक पर्ने देखिन्छ । किसानलाई पर्याप्त मल पुर्याउन नसके उत्पादन राम्रो नहुने र निराशा बढ्ने समस्यालाई अन्त्य गर्न सरकारले समयमै रासायनिक मलको आपूर्ति वा भण्डारण गर्नु पर्ने किसानको माग छ ।

अहिले आफ्नो खेतमा मल हाल्न भारतबाट साइकल वा मोटरसाइकलमा खरिद गरेर ल्याउँदा बाटामा रहेका प्रहरी पोष्टका प्रहरीले अनावश्यक दुःख दिने र प्रतिबोरा रु५०० देखि रु एक हजार माग्ने गरेको किसानको गुनासो छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies