Khabar Dabali Logo
  November 1, Sun

हेटौँडामा निषेधाज्ञा थपियो

मकवानपुर । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने । निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उनका भनाइ छ । निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहने छ ।

त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटौंडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भदौ १ गते, २०७७ - ११:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद मीन विश्वकर्माको उपचार सहयोगका लागि आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय...   

सडकमा सुर्तीको खोल फाल्ने कार चालकलाई टिप्न लगाएपछि…

वाग्मती । वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि...   

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही...   

कोरोना त्रासका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ स्थगित

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ...   

मोरङमा एकैदिन थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...   

उपत्यकामा मात्रै १३५७ संक्रमित थपिए, देशभर १ लाख ३१ हजार २२२ जना निको भए

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्...   

१२ दिनपछि ओली -प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । करिब दुई...   

पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको...   

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी...   

बाँके र प्युठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top