Khabar Dabali Logo
  October 25, Sun

आगामी तीन दिन यी प्रदेशमा भारी वर्षा

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती प्रदेश, गण्डकी, सुदूरपश्च्मि, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव सात डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

साउन ३२ गते, २०७७ - ११:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   

भारतमा थप ५० हजार नयाँ संक्रमित भेटिए, कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा...   

हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको...   

बञ्चराले हिर्काएर आमाको हत्या

कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी...   

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको निधन

काठमाडौं । विश्वव्यापी महामारी (कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ ।...   

लागु औषध र सुनसहित नेपाल–भारत सीमाबाट चार जना पक्राउ

कञ्चनपुर । बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो...   

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने...   

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा...   

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

पोल्याण्ड । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top