Khabar Dabali Logo
  October 22, Thu

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए। “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर परीक्षण गर्न लागेका हौँ”, उनले भने ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ । यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ । चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ ।

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पिसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो ।

अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित

नगरपालिकाले नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणदर फैलिँदै गएसँगै आगामी भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख गिरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चन्द्रागिरिभित्र अत्यावश्यक बाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब नगरपालिकाले स्वास्थ्य सेवा, कोभिड–१९ नियन्त्रण र उपचार सेवा, विपद् व्यवस्थापन सेवा, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण र पशु सेवा मात्र प्रदान गर्ने भएको छ ।

वडा कार्यालयका अत्यावश्यक सेवा दिउँसो १ बजेसम्म प्रदान गर्ने र कर्मचारी र जनप्रतिनिधि आलोपालो गरी सेवा प्रदान गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्यकर्मीले आवश्यकताअनुसार आलोपालो गरी सेवा मिलाउने नगरपालिकाले जनाएको छ ।

साउन ३१ गते, २०७७ - १०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top