Khabar Dabali Logo
  October 28, Wed

निजी अस्पताल भन्छन्, ‘तोकिएकै शुल्कमा उपचार असम्भव’

काठमाडौं। निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हब अस्पतालसँगको समन्वयमा स्याटेलाइट अस्पतालले २० प्रतिशत शैंया छुट्याएर उपचार गर्नुपर्ने बताएका थिए ।

मन्त्रालयले तोकेको शुल्कप्रति निजी तथा सरकारी दुवै अस्पताल व्यवस्थापन खुसी छैनन् । तोकेको मूल्यमा उपचार गर्न लगभग असम्भव रहेको उनीहरूको दाबी छ । मन्त्रालयले गरेको निर्णयअनुसार अब निजी अस्पतालमा उपचार गर्न चाहने संक्रमितले अस्पतालको सहमतिमा उपचार गर्न सक्नेछन् तर सेवा शुल्क भने लक्षणअनुसार मन्त्रालयले तोकेअनुरूपको मात्रै लिन पाइनेछ ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३ हजार ५ सय, मध्यम जटिल बिरामीको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरूको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भनेर दररेट तोकिदिएको छ ।

मन्त्रालयले वैशाख २४ गते जारी गरेको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ मा उपचार गरेबापत कति शुल्क दिने भन्ने यकिन गरेको थिएन ।

तर, सोही समयमा जारी गरिएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान’ मा भने सामान्य लक्षण भएका बिरामीको उपचार गर्न करिब १४ हजार ५ सय ६ रुपैयाँ लाग्ने उल्लेख छ । यस्तै मध्यम लक्षण भएका बिरामीको उपचारका लागि २३ हजार ३ सय ९३ रुपैयाँ र गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि ३८ हजार १ सय १८ रुपैयाँ लाग्ने उल्लेख छ ।

मन्त्रालयले साउन १५ गते मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको नयाँ संशोधित आदेश जारी गर्दै उपचारको अनुमानित खर्च घटाइदिएको हो । मन्त्रालयले यसरी घटाएकै मूल्यमा स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता, बिरामीलाई खानालगायत शुल्क पनि समावेश गरेको छ ।

मन्त्रालयले हचुवाका भरमा उपचार शुल्क निर्धारण गरेको आरोप सरकारी तथा निजी अस्पतालहरूले लगाए पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यो निर्णय गर्दा यथेष्ट छलफल गरिएको दाबी गर्छन् । ‘हामीले सबैसँग छलफल गरेर नै निर्धारण गरेका हौं,’ उनले भने, ‘मन्त्रालयमा हामीले निजीमा काम गरिसकेका, त्यसको रेट कति छ थाहा पाउने विज्ञहरूसँग नै सोधेर निर्णय गरेका हौं ।’

उनका अनुसार के कारणले रकम पुग्दैन भनेर निजी अस्पतालहरूले कुरा लिएर आउनुपर्ने बताए । ‘के कारणले रकम पुग्दैन भनेर आउनुपर्‍यो । त्यसपछि मन्त्रालयले सोच्ला । यो त हामीले औसतमा निकालेको शुल्क हो ।’

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का महासचिव हेमराज दाहालका अनुसार यो निर्णय गर्दा सरकारले निजी अस्पतालहरूसँग एक पटक पनि सरसल्लाह गरेको छैन । ‘सरकारी अस्पतालका लागि यो शुल्क ठीक हुन पनि सक्ला किनकी उनीहरू सरकारकै अनुदानबाट चलेका हुन्छन् । पीपीई, मास्कलगायत सामग्री सबै सरकारबाट आउँछन्,’ उनले भने, ‘हामीले कहाँबाट जोहो गर्ने ?’

साउन ३० गते, २०७७ - ०८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top