Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रहरी संगठनभित्रै कोरोना सल्किदैँ

काठमाडौं । प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ । सात वटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो । लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी, गाउँदेखि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र कोरोनाबाट संक्रमित शव व्यवस्थापनमा खटिएका नेपाली सेना र उनीहरूको सम्पर्कमा आएका अरूलाई कोरोना संक्रमण देखिएको हो ।

प्रदेश २ को मध्यपूर्वी पृतनाका पृतनापतिसहित नेपाली सेनाको संगठनभित्र १५ जना, नेपाल प्रहरीको संगठनभित्र इन्स्पेक्टरलगायत ९२ जना र सशस्त्र प्रहरीको संगठनभित्र डीएसपीसहित २२ जना कोरोना संक्रमित भएको स्रोतले जनाएको छ । प्रदेश २ कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजयकुमार झाले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ । रणभीम गण पर्कौली ब्यारेकका १५ जना सैनिकमा कोरोना संक्रमण भेटिएको महोत्तरीका सीडीओ कृष्णबहादुर कटुवालले जनाए ।

स्रोतका अनुसार क्याप्टेनसहित १५ जना संक्रमित भएका छन् । यसअघि आठ जना सैनिक संक्रमित भएका थिए । जलेश्वरमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्न खटिएका सेनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो ।

विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराउँदा संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए । उनको कन्ट्याक्ट ट्रेसिङ आएका सहितका ५३ जनाको कोरोना परीक्षण गर्दा नेपाली सेनासहित ३० जनामा संक्रमण भेटिएको थियो ।

प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन् ।

तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो । थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ । प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies