Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

‘समयमै भेन्टिलेटर पाएको भए आमा बाँच्नु हुन्थ्यो कि !’

काठमाडौं। कोरोना संक्रमणबाट सोमबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ । समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - ५० वर्षीया ती महिलालाई साउन १८ मा पेट पोल्ने, ज्वरो आउने समस्या सुरु भएको थियो । साउन १९ मा जनैपूर्णिमाका दिन परिवारका साथ घरमै बंगुरको मासु र रक्सी खाएकी थिइन् । ‘ज्वरो नघटेपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवायौं,’ मृतकका जेठा छोराले टेलिफोनमा भने, ‘आँखा पनि पहेंलो भएपछि जन्डिस भएको आशंका गरेका थियौं ।’

घरबाट स्थानीय बसमा पाँचखाल झरेका उनीहरूले सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएका थिए । त्यहाँ उपचार हुन नसक्ने भन्दै धुलिखेल अस्पताल रेफर गरियो । ‘तर दिदीले भक्तपुर ल्याउनु भनेकोले त्यहाँबाट हिँड्यौं,’ उनले भने, ‘पाँचखालमा चढेको गाडीले धुलिखेलसम्म ल्यायो । साँगासम्म अर्को गाडीमा आएर साझा बस चढेर भक्तपुर दिदीकोमा गएर बस्यौं ।’

साउन २४ मा उनलाई भक्तपुर अस्पताल पुर्‍याइयो । अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि उनीहरू बस चढेरै केएमसी अस्पताल सिनामंगल पुगेका थिए । ‘केमएसीको इमर्जेन्सीमा एक घण्टा जति रह्यौं, त्यहाँ महँगो भएकोले कुनै अरू अस्पताल जान सुझाव पाएपछि हामी पाटन अस्पताल गयौं,’ मृतकका छोराले भने, ‘पाटन अस्पतालले करिब ४ घण्टा प्रयास गर्दा पनि भेन्टिलेटर खाली नभएपछि किस्ट अस्पतालमा सम्पर्क गरेर त्यहाँ भर्ना गर्‍यौं ।’

अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको भन्दै जोखिम मोल्न चाहे मात्रै उपचार गर्ने बताएको थियो । मृतकका अर्का छोराले भने, ‘सास रहुन्जेल आस हुन्छ भनेर उपचार थाल्न भन्यौं तर सोमबार बिहान आमाको मृत्यु भयो ।’

उपचार सुरु गर्नुअघि अस्पतालले गरेको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका जेठा छोराले सुरुमा नै भेन्टिलेटरमा उपचार पाएको भए आमालाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताउँछन् ।

‘समयमा नै भेन्टिलेटर पाएको भए आमा बाँच्नु हुन्थ्यो कि भन्ने थियो,’ उनले भने, ‘धेरै अस्पताल चहार्दाचहार्दै आमालाई कोरोना सर्‍यो कि भन्ने पनि लाग्छ ।’ मृतक महिलालाई निमोनिया र फोक्सोमा पानी भरिएको पाइएको अस्पतालले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies