Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सरकारको प्रभावकारी कदमले अनुमान गरेजस्तो सङ्क्रमित बढेनन्

काठमाडौ । कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पाएनन् । आजको दिनसम्म छ हजार ३३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्घ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय सङ्क्रमितलाई सीमितमा राख्न सकिएको बताए ।

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र गठन गरेको छ । सङ्घमा एउटा र प्रत्येक जिल्लामा जिल्लास्तरीय केन्द्र गठन भएको छ । त्यो केन्द्र पनि कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्तै नेपालमा चैत ११ गते बन्दाबन्दी, सरकारको प्रभावकारी कदम, स्थानीय तह गर्दा अनुमान गरेजस्तो सङ्क्रमित बढ्न नपाएका हुन् । साउन ६ गतेसम्म भएको बन्दाबन्दीमा नागरिकले घरभित्र बसेर कोभिड– १९ को रोकथाम र नियन्त्रणमा भूमिका खेलेका थिए ।

यस्तै स्थानीय तहले विदेशबाट आउने मानिसको तथ्याङ्क सङ्कलन गरेर क्वारेन्टिन निर्माण गरी उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेका थिए । त्यसले पनि रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबैको सहयोगले प्रक्षेपण गरिएको भन्दा कम सङ्क्रमित रहेको बताए ।

“हामीले सोचेभन्दा कम सङ्क्रमित रहेका छन् । तर कम सङ्क्रमित भयो भन्दैमा हामी जोखिम हटेको भन्न मिल्दैन”, उनले भने, “हामी जोखिममा नै छौँ । कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न अझै प्रभावकारी कदम चाल्नुपर्दछ ।” सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि देशभरमा २५ कोभिड– १९ अस्पताल ‘डेडिकेटड’ र ११५ कोभिड– १९ क्लिनिक सञ्चालन गरेको थियो ।

नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । नेपालमा पहिलो सङ्क्रमितको कोभिड– १९ को पुनःपरीक्षण गर्न विदेश लगिएको थियो । त्यतिबेला नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामात्र कोभिड– १९ को सङ्क्रमण परीक्षण गरिन्थ्यो । अहिले नेपालमा ३७ प्रयोगशालाबाट कोभिड– १९ को परीक्षण गरिन्छ । ती प्रयोगशालामा दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ ।

मन्त्रालयले सम्भावित सङ्क्रमण बढ्नलाई मध्यनजर गर्दै २५ केन्द्र अस्पताल र २० शिक्षण अस्पतालले तुरुन्तै परिचालन गर्नसक्ने गरी विशेषज्ञसहितको टिम तयार पारेको र आवश्यकताअनुसार परिचालनसमेत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशमा सात हजार श्यया निर्माण गर्नका लागि रु ३८ करोड निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार प्रदेश नं २ र ५ नम्बरका लागि रु सात÷सात करोड, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई रु छ÷छ करोड तथा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशलाई रु चार÷चार करोड बजेट निकासा गरिसकेको छ । मन्त्रालयले गम्भीर प्रकृतिका एक हजार ५०० सङ्क्रमितका लागि सघन उपचार कक्ष र औषधिको व्यवस्थासमेत गरेको छ ।

यस्तै दुई महिनासम्मका लागि परीक्षण गर्ने किट प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा कवच (पिपिइ)कोसमेत व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकरी दिए ।

एक हजार ७५ टिम परिचालन

यसैगरी हरेक स्थानीय तहमा सङ्क्रमित व्यक्तिको खोज गर्नका लागि टिम गठन गरेको छ । मन्त्रालयले कन्ट्याक्ट टे«सिङका लागि एक हजार ७५ टिम स्थानीय तहमा गठन गरेको छ । उहाँका अनुसार सङ्क्रमित व्यक्तिको पत्ता लगाउन गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टिम गठन गरिएको छ । ती टिममा विशेषज्ञसहित तीन जना स्वास्थ्यकर्मीको हुनेछन् ।

यसैगरी मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । अहिलेसम्म दुई हजार ६०० सघन उपचार कक्ष र ९०० भेन्टिलेटर निर्माण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले थप २५० सघन उपचार कक्ष र भेन्टिलेटर निर्माण गरिएको तथा २४० सघन उपचार कक्ष निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले सङ्क्रमित बढिरहेकाले लक्षण भएका सङ्क्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताए । लक्षण नभएका ६० वर्ष मुनिका व्यक्तिलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेशनमा राखिने बताए ।

अहिलेसम्म ३७ प्रयोगशालाबाट चार लाख २७ हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएका छन् । अहिलेसम्म २२ हजार २१४ जनामा सङ्क्रमण, छ हजार ३३० सक्रिय सङ्क्रमित र १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् । निको हुने दर ७१.२ प्रतिशत रहेको छ । भने ७० जनाको कोभिड– १९ का कारणले मृत्यु भइसकेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies