Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रदेश २ कोरोना सङ्क्रमणको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ ।

निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि भइरहेको देखिएको हो । यो प्रदेशको सप्तरी, सर्लाही, पर्सा जिल्लाभर र धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर बजारमा साउन २६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने आजदेखि सिराहाको लहानमा पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार आपूm कोरोनाबाट सङ्क्रमित भएको विषय सार्वजनिक गरेर आफ्नो सम्पर्कमा आउनुभएका सबैलाई पिसिआर प्रविधिबाट परीक्षण गराउन आह्वान गरेको हो । उनी बिहीबारदेखि आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् । उनको दोस्रोपटक पनि स्वाबको परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।

यस प्रदेशका अस्थायी राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, समाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका केही कर्मचारी कोरोनाबाट सङ्क्रमित भएपछि मन्त्रालय सुनसानको अवस्थामा देखिन थालिएको छ । अतिआवश्यक कामबाहेक कर्मचारी आआफ्नै घरबाट काम गरिरहेका छन् । सेवाग्राही पनि कोरोनाको डरले आउन छोडेपछि मन्त्रालयका साथै जनकपुरका अधिकांश कार्यालय सुनसानको अवस्थामा पुगेको हो ।

यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको छ । भारतमा कोरोनाको सङ्क्रमण उच्च अवस्थामा पुगेको छ । भारतीय सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा कोरोनाबाट सङ्क्रमित रहेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल पस्ने गरेकाले कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।

यस सम्बन्धमा, मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि सुरक्षा समितिको बैठक आह्वान गरी भारतीय सीमावर्ती क्षेत्रबाट अनिधिकृत रुपमा पस्न नदिनका लागि सुरक्षा सयन्त्रलाई अझ कडाइ गर्न निर्देशन दिनुभएको थियो । साउन १२ गतेसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४३३ थियो भने साउन २२ गतेसम्म क्रमिकरुपमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भई पाँच हजार ३३५ पुगेको छ । यस प्रदेशको पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित भएका कारण बिहीबार अपराह्नसम्म २२ जनाको मृत्यु भइसकेको छ । सोमध्ये सवैभन्दा बढी पर्साबाट १४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमणको सङ्ख्याको पर्सा, धनुषा र सप्तरी जिल्लामा अत्यधिकरुपमा वृद्धि भएको छ । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना र सुरक्षाकर्मीमा विगतको तुलनामा अत्यधिकरुपमा सङ्क्रमित हुन थालेपछि सर्वसाधारणमा थप त्रास बढेको देखिएको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले आपूm सचेत हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उपाय र सचेतना पालना गर्न गराउनेतर्फ सबैलाई सजग भएर जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने देखिएको रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीको सुझाव छ ।

सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ३१ महिलासहित १७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३०४ छन् । कोरोना सङ्क्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ । प्रदेशअन्तर्गत २२८ वटा क्वारेन्टिनमा अहिले एक हजार २८९, होम क्वारेन्टिनमा दुई हजार ६९१ र आइसोलेशन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १६० जनाको रिपोर्ट आउन बाँकी छ ।

मुख्य प्रशासनिक (मधेश) भवनमा प्रवेश निषेध

प्रादेशिक अस्पताल जनकपुरका पाँच जना कर्मचारीसहित प्रदेश नं २ मा चिकित्सक, सेना, प्रहरी, कर्मचरी र कारागारमा रहेको कैदीबन्दीलगायतमा कोरोना सङ्क्रमण भेटिएपछि सबैमा त्रास बढेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिए ।

प्रदेश नं २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मुख्य प्रशासनिक भवनमा ९मधेश० भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य डा रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा सङ्क्रमण भेटिएपछि प्रदेश नंं २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश भवन सुनसान देखिएको छ ।

कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री वर्क फ्रम होम अर्थात् निवासबाटै कार्य सञ्चालनमा जुटेको छन् भने केही मन्त्री आफ्नो गृह जिल्ला पुगेका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार सङ्क्रमित कर्मचारीहरु आइसोलेशनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताल्चा लगाइएको छ । 

मधेश भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीको निर्देशनबमोजिम अनुमतिविना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृतसहित छ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित आठ कर्मचारी, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अरुमा पनि सङ्क्रमण सर्ने जोखिम देखिएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies