Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

झापा । दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । बुबाको दाहा संस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्‍यो ।

‘मैले बुबाको अंश मागेको होइन । जसरी हुन्छ गरिखान्छु । १२ वर्ष बोलाउनु भएन, तर अन्तिम संस्कार सबैसँग गर्न दिँदा के हुन्थ्यो ? दलितसँग बिहे गरेर मैले के बिगारें र !’ यामकलाले भनिन्, ‘बुबाको मुख पनि हेर्न दिइएन, अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि !’

यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए ।

‘म पुग्ने बित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैं गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’

यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्‍यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो ।

‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसें । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।

मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । ‘म उहाँको सन्तान होइन र !’ उनले भनिन्, ‘यो हल्लाखल्ला भएपछि बिहान काकाले अरूका कुरामा नलाग् । कामपछि हामी मिलौँ भन्नुभयो । बुबाको अन्तिम संस्कारमा त नमिल्ने कामपछि मिल्लान् र ?’

यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन् । त्यसैले उनको काकीसँग पनि दुखेसो छ । यद्यपि, उनीहरूको परिवार वर्षौँअघि नै छुट्टाछुट्टै बसिरहेका छन् । ‘काकी त कम्युनिस्ट पार्टीको नेता । उहाँ दलितका पक्षमा बोल्दै हिंडेको सुनेको थिएँ । तर, उहाँ र काकाले पनि केही भन्नु भएन,’ यामकलाले भनिन् ।

यामकलाका श्रीमान् रत्नले विभेद भयो भनेर सुनाउने ठाउँ पनि नभएको बताए । ‘काकी उपप्रमुख, उहाँकै नेतृत्वमा रहेको न्यायिक समितिमा गुनासो गर्ने होला । उहाँ नै घरको मान्छे भएपछि हामीले कसरी न्याय पाउँला,’ उनले भने ।

माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँअघि छुट्टिएको बताइन् । ‘जेठाजु २५ वर्षअघि छुटिनु भएको हो । हामी एउटै घरको होइन । फेरि पनि मैले त सम्झाएकै हुँ,’ उनले भनिन्, ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरिदिनू ।

कहिलेकाहीँ आफ्नो घरको त जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु ?’ उनले आफू जहिले पनि जातीय विभेदको विरुद्धमा भएको बताइन् । छोरीलाई सँगै राखेर किरिया बार्न परिवारमा पनि कुरा राखेको तर, आमा र भाइले नमानेको उनको दाबी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies