Khabar Dabali Logo
  August 13, Thu

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै

काठमाडौं । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा ९एसईई०को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताए । राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उनले बताए । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उनले दिए । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उनले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

साउन १३ गते, २०७७ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी संगठनभित्रै कोरोना सल्किदैँ

काठमाडौं । प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ । सात वटै प्रदेशमध्ये यो प्रदेश उच्च...   

आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि...   

टिचिङ अस्पतालमा २ डाक्टरलाई कोरोना संक्रमण, आकस्मिक कक्ष सिल

काठमाडौं । टिचिङ अस्पताल महाराजगन्जका आकस्मिक कक्षमा कार्यरत २ जना डाक्टरलाई कोरोना पोजिटिभ देखिएको...   

सरकारको अलमलले सुरु भएन शैक्षिक सत्र : भर्ना लिन नपाउने निर्देशनले अनलाइन कक्षा धमाधम बन्द

काठमाडौं। कोरोना संक्रमण बढ्दो रहेकाले विद्यालयमै कक्षा सञ्चालन गर्ने वातावरण छैन । पाँच महिनासम्म...   

नेपाल र भारतको संयुक्त टोलीले बनाएको नक्सामा नेपाली भूमि भारततर्फ, सरकारले भन्यो– गल्ती सच्याइन्छ

काठमाडौं। नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले...   

कोरोनाले सिङ्गै अख्तियार ‘हायलकायल’ समातिन लागेका भ्रष्टाचारीलाई हाइसञ्चो

काठमाडौं। कोरोना (कोभिड–१९) को संक्रमणले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ कर्मचारी...   

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्द

काठमाडौं। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा...   

नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने...   

यो वर्ष हालसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र...   

मोटरसाइकल हराउने धेरै, पाउने थोरै

चितवन । साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा मोटरसाइकल हराएको उजुरी पर्‍यो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top