Khabar Dabali Logo
  August 10, Mon

इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

तेहरान । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।

उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उनलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।

इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् ।

सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ ।

साउन १२ गते, २०७७ - १९:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कवि शिरोमणि सङ्ग्रहालयमा कोरोनाको प्रभाव

कवि शिरोमणि सङ्ग्रहालयमा कोरोनाको प्रभाव

पोखरा । साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरा महानगरपालिका–२७ स्थित कवि शिरोमणि लेखनाथ...   

पुतलीसडकको एक कन्सल्टेन्सीमा आगलागी

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर...   

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको...   

अमेरिकी कदम बिरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध

बेइजिङ । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक...   

जनकपुरधाममा आइतबार मृत्यु भएको एक पुरुषमा कोरोना पोजेटिभ

जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित...   

बूढीगण्डकी जलविद्युत् आयोजना : बाँकी कित्ताको मुआब्जा दिनुपर्ने माग

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा दिँदा केही कित्ता छुटाएर...   
बेलारुसमा लुकासेन्को ८० प्रतिशत मतका साथ विजयी, विपक्षीहरुको विरोध प्रदर्शन

बेलारुसमा लुकासेन्को ८० प्रतिशत मतका साथ विजयी, विपक्षीहरुको विरोध प्रदर्शन

मिन्स्क । बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका...   

बेरोजगारीको समस्या झेल्दै विदेशबाट फर्किएकाहरु, परिवार कसरी पाल्ने चिन्तामा

सुदूरपश्चिम । कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्केका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर...   

उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा थप कडाइ

काठमाडौँ । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९...   
३० थरीका चिया बिक्री गर्दै एक युवक

३० थरीका चिया बिक्री गर्दै एक युवक

चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top