Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुन तोलाको लाख नजिक

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ।

साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन्।

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ। सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए। तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन्। आर्यको संस्कृतिसँगसमेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकासिनुको एउटै कारण हो- कोरोना।

सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो। त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ। सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरल उक्लिएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्वपूर्ण वस्तु मानिन्छ। संसरमा सीमितिमात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो। एक सय वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो। अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ।

विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ। किनकी, धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन्। तर, त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस सेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन्। किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ।

अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन। सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन। तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ। हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं। तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन।

अहिले नेपालमा पनि केही व्यवसायीले भारी मात्रामा सुन सञ्चय गर्न थालेको व्यवसायीले बताएका छन्। नयाँ उद्योग, व्यापार व्यवसाय सुरु गर्न अहिले कोही पनि तयार छैनन्। कोरोना महामारीले भविष्यमा कति असर पुग्छ भन्ने आँकलनसम्म गर्न नसकेका पुँजीपति बजारमा उपलब्ध सुन किनेर थुपार्न थालेको सुनचाँदी व्यवसायी बताउँछन्। ‘हामीले जति सुन बजारबाट किन्छौं, त्यो सुन पसलेले मात्रै खपत गर्न सक्दैन। अहिले सुनको बिक्री गर्नेको संख्या ह्वात्तै बढेको छ’, एक व्यवसायी भन्छन्, ‘यस्ता सुन ठूला सञ्चयकर्ताले किनिरहेका छन्।’

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पुरानो कीर्तिमानी उचाइ छिचोल्ने अनुमान भएका छन्। त्यस्ता अनुमान सत्य भए भने अहिलेभन्दा पनि सुन महँगिनेछ। त्यसै पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको लगातार अवमूल्यनको मार हामीले खेप्नु परिरहेको छ।

भारतीय रुपैयाँ (भारु)सँगको स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि भारुकै हैसियतअनुसार चल्छ। मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सन्दर्भ मूल्य १ सय २० रुपैयाँ ६१ पैसा तोकेको छ।

ठीक एक वर्षअघि यो दर १ सय १० रुपैयाँ २० पैसा थियो। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढ्दै जाने र भारुको माग घट्दै जाने परिपाटीले यस्तो भएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies