Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तालीम सञ्चालनबारे सिटिइभिटी र युवा परिषद्बीच सहमति

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) र राष्ट्रिय युवा परिषद्बीच तालीम सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलबीच छोटो अवधिको सीपमूलक तालीममार्फत उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार परिषद्ले तालीम लिनका लागि युवाको छनोट गर्ने र ती छनोट गरिएका युवालाई उनीहरुको इच्छाअनुसार तालीम सिटिइभिटीले प्रदान गर्नेछ । आगामी आर्थिक वर्षदेखि ३९० घण्टा सञ्चालन हुने सबै तालीम दुई पक्षबीचको सहकार्यमा हुनेछ ।

सहमतिमा परिषद्ले तोकिएको मापदण्ड अपनाई तालीमका सहभागीको छनौट गर्न स्थानीयमार्फत आवश्यक संयोजन गर्ने, तालीमको स्थलगत अनुगमन गरी तालीमको गुणस्तर र कार्यस्थलको सिकाइ सुनिश्चिताका लागि सहजीकरण गर्ने, युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपूर्ण कर्जाको सहजीकरण गर्ने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग समन्वय, सहकार्य र सहजीकरण गर्ने छन् ।

यस्तै सिटिइभिटीले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै पहिचान भएका व्यवसायमा गुणस्तरीय तालीम सञ्चालनका लागि सहजीकरण गर्ने, सञ्चालित कार्यक्रमको गुणस्तर सुनिश्चिताको लागि नियमित नियमन तथा अनुगमन गर्ने, आवश्यकतानुसार सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्नेछ ।

‘‘धेरै युवाहरु हामी तालीम कहाँ र कस्तो पाइन्छ भनेर आउने गरेका छन् । हामीले तालीम दिन संस्था नभएपछि ती युवा त्यतिकै फर्कने गरेका थिए’’ परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भने, ‘‘अब सहमति भएपछि तालीम लिन चाहने युवालाई हामीले छनौट गरेर सिटिइभिटीमा पठाउने छौँ ।’’

उनले सहमतिबाट सीप र तालीमको माध्यमबाट युवालाई उत्पादनसँग जोड्न र रोजगारी सिर्जना गरी वाध्यतावश हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्ने सहयोग पुग्ने बताए । सहमतिअनुसार पहिलो चरणमा २१ हजार युवालाई छोटो तालीम दिइनेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies