Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आजको राजधानी दैनिकमा खबर छ - आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नवलपरासी साविक सनई गाविस–८ ख कि.नं. १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

अनुसन्धान हुँदा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैरकानुनी निर्णय, सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानीय निकाय समेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने गरेको कीर्ते कागजपत्र बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं। तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२.२.१७.२५ बिघा जग्गासमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री वितरण गराउने कार्यमा भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरू तथा स्थानीय निकायबाट सिफारिस दिने कर्मचारीहरू भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अस्तित्वमै नरहेका प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू सम्बन्धित सरकारी कर्मचारी र गलत प्रवृतिका व्यक्तिसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनकै नामबाट उल्लिखित जग्गा विभिन्न व्यक्तिविशेषलाई बिक्री वितरण गरी हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, इन्द्रावती सैथवार, अमनसिंह सैथवार ९नाबालक०, तेजप्रतापसिंह सैथवार ९नावालक०, रितुकुमारी सैथवार, शिवलाल चमार, प्रदीप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको पाइएको छ ।

अख्तियारले उनीहरूलाई प्रतिवादी कायम गरी उक्त जग्गामा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies