Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भाइरसबाट जोगीन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको अपिल

काठमडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गरे । उनले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सर्वजनिक स्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गरे ।

प्रत्येक दिन कार्य प्रारम्भभन्दा पहिला अनिवार्य रुपमा ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएमा काममा नलगाउने, दैनिक हाजिरी राख्ने कार्यालयले ‘फेस रिडिङ’बाट हाजिर गर्ने व्यवस्था मिलाउन तथा खोकी तथा श्वासप्रश्वास भएका व्यक्तिलाई काममा नलगाउन पनि अनुरोध गरे ।

हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उनले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गरे । प्रवक्ता प्राडा गौतमले धेरै प्रयोग हुने ढोका, मेशिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न सुझाव दिए ।

कोभिड–१९ लाई महामारीका रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उनले सबैको सामान्य सावधानी र तयारीले कोरोना महामारी रोकथाम गर्न सहयोग पुग्ने बताए । “अहिले लिएको सामान्य सावधानीले मानव जीवनलाई जोगाउन ठूलो सहयोग पुग्दछ”, उनले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies