Khabar Dabali Logo
  August 4, Tue

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा गए रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च बिन्दु पार गरेको छ । विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । सत्ताइस वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन ९पानीको बहाव मापन० गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिए ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षायाममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको भएपनि यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुवेदीले जानकारी दिनुभयो । प्रत्येक दिन बिहान नदीमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरी जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेको समेत उनले जानकारी दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले देशभरका नदीमा गेज मिटर राखेर पानीको बहाव मापन गर्ने गर्दछ । विभागले यसकै आधारमा तराईका क्षेत्रमा डुवानको पूर्वानुमान र विभिन्न वातावरणीय प्रभावका विषयमा समेत अध्ययन गर्ने गरेको छ ।

यसैबीच निरन्तरको वर्षाका कारण नदीमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।

नदीमा पानीको बहाव बढेसँगै सबैभन्दा बढी जोखिम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनी बजार, पर्वतको बारी बेनी बजार, पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती, सेतीवेणी बजार लगायतका क्षेत्र उच्च जोखिममा रहेका छन् । यता नदीमा पानीको बहाव उच्च भएपछि कालीगण्डकी ए जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ । नदीमा बढेको बहावले कालीगण्डकी जलाशय आसपासका बस्ती जोखिममा पर्न थालेपछि सबै ढोका खोल्न लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शुम्भरप्रसाद रेग्मीले जानकारी दिए ।

असार २६ गते, २०७७ - १९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा...   

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पाँचपोखरी थाङ्पाल गाउँपालिका एक जनाको शव झिक्न सकिएन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ...   

भूमि सुधार कार्यालयमा बम विस्फोट गराउने केशव राढ ९ वर्षपछि पक्राउ

बाँके । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि...   

यातायात कार्यालयद्वारा चालक अनुमतिपत्र वितरण कार्य रोक

काठमाडौं । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण...   

१ गतेदेखि सञ्चालन हुने आन्तरिकतर्फ दैनिक ४८ उडानः व्यवसायी भने अन्योलमा

काठमाडौं । भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८...   

कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौं महानगर

काठमाडौं । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले...   

बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै, निषेधाज्ञा चार दिन थप

बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान...   
फेरि छिट्टै कम्तीमा दुई साता लकडाउन गर्न विज्ञको सुझाव

फेरि छिट्टै कम्तीमा दुई साता लकडाउन गर्न विज्ञको सुझाव

काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top