Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

श्रमिकको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ०द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसार ः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्र्दै उनले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताएको हो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुुत गरे । “कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रसङ्घ र आईएलओजस्ता त्यसका विशिष्टिकृत निकायहरुले विश्वव्यापी महामारीलाई मुख्य मुद्दा मानेर विश्वव्यापी रुपमा नै सुदृढ प्रतिकार्य अघि बढाउन अपरिहार्य भएको बताए।

रोजगारी र आम्दानीको सुरक्षाबिना नै महामारीकाबीच निराश भएर श्रमिकहरु घर फर्किएका बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनका मान्यताको पालना गरेको भए त्यस्तो परिस्थिति उत्पन्न हुँदैनथ्यो भने । “सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, अति कठिन क्षणमा हाम्रो विवेकले नै न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्छ,” उनले भने ।

प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय ऐक्यबद्धताले रोजगारीको क्षयलाई बचाउने, आप्रवासी कामदारको फिर्ती र दिगो विकासका लक्ष्य हासिलका दिशामा भएका प्रगतिलाई पछाडि धकेलिदिँदा गरिबी बढ्ने बताए।

उहाँले कोभिड–१९ को महामारीको प्रभावको रोकथाम तथा औपचारिक एवं अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुरक्षाका निम्ति नेपाल सरकारले अपनाएका तत्कालिन र मध्यकालीन उपायका साथै दिगो रोजगारीका अवसर सृजनाबारे पनि जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies