Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रुकुम घटनामा जोडिएका किशोर–किशोरीलाई बाल सुधार गृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

काठमाडौं। सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सही ठहर्‍याएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ - न्यायाधीशहरु अनिल सिन्हा र हरि फुँयालको इजलासले उमेर नपुगेका दुई व्यक्तिलाई बाल सुधार गृहमा पठाउने आदेशलाई सदर गर्दै बन्दी प्रत्यक्षीकरणका दुई निवेदन खारेज गरेको हो ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी गलत रुपमा अभियोजन गरेको दावीसहित सर्वोच्च अदालतमा निवेदन परेको थियो ।

आरोपपत्र दर्ता नहुँदै सर्वोच्चमा दर्ता भएको निवेदनमा उनीहरुमाथि पक्राउदेखि अभियोजनसम्मका प्रक्रियाको कानुनी बैधतामा प्रश्न उठाइएको थियो । अधिवक्ता लक्ष्मी थापा र क्राउन नेपाल नामक संस्थाको तर्फबाट अधिवक्ता कमल कोइरालाले तीन दिनको फरकमा सर्वोच्चमा छट्टाछुट्टै निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चमा छलफलका क्रममा उनीहरुले जिल्ला अदालतले पनि गैरकानुनी आदेश गरेको दावी गरेका थिए । ती दुई जनालाई पक्राउ गर्ने र बाल सुधार गृहमा पठाउने काम गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।

राज्यका निकायहरुले कसैलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेमा त्यसको उपचारका लागि अदालतमा ‘बन्दी प्रत्यक्षीकरण’को निवेदन दिइन्छ । यदि थुना गैरकानुनी रहेछ भने अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी रिहा गर्न निर्देशन दिन्छ ।

सुनुवाइपछि गत आइतबार निवेदन खारेज गर्दै सर्वोच्चले केही निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फौजदारी अभियोगमा बालबालिका ऐन आकर्षित हुने किशोर किशोरीका हकमा कानुनी कार्यविधि पालना गर्न निर्देशनात्मक आदेश दिएको छ ।

नियमित प्रक्रियाअनुसार, जिल्ला अदालतको थुनछेक आदेश चित्त नबुझे एक तह माथिको उच्च अदालत जानुपर्ने हुन्छ । तर उनीहरुले जिल्लामा मुद्दा दर्ता र आदेश नै नहुँदै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

के आरोप थियो ?

ती किशोरीमाथिको हत्या, ज्यान मार्ने प्रयास अनि जातीय छुवाछूतको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो । तर आरोपपत्रमा प्रहरीले जातीय छुवाछूतको विषय पुष्टि हुने बाहेकका प्रत्यक्ष प्रमाण जुटाउन सकेको थिएन ।

ती किशोरीले नवराज विश्वकर्मालाई आफ्नो मोबाइलबाट म्यासेजमा ‘ठकुरीसँग कुरा गर्ने‘।।’ भनी जातीय अपमानजनक म्यासेज पठाएको देखिन्छ । आरोपपत्र अनुसार, ‘देख्लास, ड्याडी ममीलाई भन्दिन्छु’ भन्ने म्यासेज पठाएको देखिन्छ भनी आरोपपत्रमा उल्लेख छ ।

प्रहरीले जाहेरी दर्खास्तमा केवल किशोरीको नाम पोलेको र जातीय अपमान हुने गरी आमाले गालीगलौज गर्दा सँगै रहेको भन्ने आधारमा मात्रै तीनवटा मुद्दा दायर गरेको हो । बयानअनुसार, उनीहरुबीचको सम्बन्ध टुंगिइसकेको देखिन्छ ।

प्रहरीले यसै विषयलाई आधार बनाई मुद्दा चलाएको देखिन्छ । उनीहरुबीच सम्बन्ध टुंगिएकाले रिसईबी भएको र त्यही कारणले ती किशोरीले नवराज लगायतको हत्या योजना बनाएको आरोपपत्रमा उल्लेख थियो ।

मृतक नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीले प्रहरीसँगको बयानमा आफ्नो बुबा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्नता रहेको बयान दिएकी थिइन् । उनले बयानमा भनेकी थिइन्–‘मेरो बुवा, दाइ समेतले लखेट्दै घेरा हाल्दै कुटपिट गरी मारेको विश्वास लाग्छ ।’

उनले अदालतमा बाबु र दाइको नाम नपोले पनि अरु ६ जनाको हकमा कुटपिटबाटै ज्यान गएको थाह पाएको बताएकी छन् । तर त्यसमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेकी थिइन् ।

गत असार १ गते नै रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउको सामूहिक हत्याकाण्डमा मुछिएका दुई जनालाई बाल सुधारगृहमा पठाउन आदेश दिएको थियो । अदालतले आदेश दिएका दुई जनामध्ये एक नवराजकी प्रेमिका भनिएकी किशोरी थिइन् भने अर्का किशोरमाथि घटनामा संलग्न भएको आरोप थियो । त्यसको डेढ सातापछि मात्रै अरु २३ जनालाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies