Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

समुदायमा पस्यो संक्रमण : ९४७ संक्रमितको सम्पर्कमा रहेकाहरूको खोजी नै भएन

काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदायमा पनि भयावह रूपमा विस्तार हुने खतरा देखिएको छ । आइतबारसम्म देशभर देखिएका १५ हजार सात सय ८४ संक्रमितमध्ये नौ सय ४७ समुदायबाट देखिएका हुन् । तर, उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको अहिलेसम्म खोजी भएको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार विभिन्न अध्ययन र परीक्षणबाट कुल संक्रमितको ६ प्रतिशत समुदायबाट देखिएका छन् । १४ हजार आठ सय ३७ संक्रमित भने विदेशमै संक्रमित भएर फर्किएका र उनीहरूको सम्पर्कमा आएकाहरू रहेकोे उनको भनाइ छ । समुदायमा देखिएका संक्रमितहरूको सम्पर्कमा आएको व्यक्तिहरूको अहिलेसम्म पहिचान भएको छैन । यो निकै घातक हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक संक्रमितको सम्पर्कमा रहेका औसत १३ जनाको कोरोना परीक्षण गर्नुपर्छ । त्यस हिसाबले अहिलेसम्म समुदायमा देखिएका संक्रमितको सम्पर्कमा आएका १२ हजार तीन सय ११ जनाको नमुना संकलन गरेर परीक्षण गरिसक्नु पथ्र्यो । २४ घन्टाभित्र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्छ । तर, अहिलेसम्म हुन सकेको छैन । कोरोनाको लक्षण नदेखिएका कारण पनि संक्रमित पत्ता लगाउन समस्या भएको मन्त्रालयको भनाइ छ ।

सरकारले उपत्यकामा बल्ल समुदायबाट नमुना संकलन गर्ने तयारी गरेको छ । महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन, तिनकुने, कोटेश्वर, शंखमूल बुद्धनगर, मैतीदेवी, टोखा हरियालीबस्ती, खुसिबु, भक्तपुरको भोलासिंह, बोडे र ललितपुरको नख्खु, प्युटार क्षेत्रमा एक सयजनाको दरले नमुना संकलन गरिनेछ । उपत्यकाका चार जनामा समुदायबाट संक्रमण देखिएको छ । उनीहरूको सम्पर्कमा आएकाहरूलाई लक्षित गरी १२ सय नमुना संकलन गरिने पाण्डेले बताए ।

विश्व स्वास्थ्य संगठनले संक्रमणलाई चार स्टेजमा विभाजन गरेको छ । कुनै एक व्यक्तिलाई मात्रै संक्रमण भएको छ भने त्यो पहिलो चरण हो । तर, त्यो व्यक्तिबाट परिवार र सम्पर्कमा आएका अन्य व्यक्तिलाई सरेमा त्यसलाई दोस्रो चरण मानिन्छ ।

‘ट्राभल हिस्ट्री’ नभएको र समुदायको केही भागमा एकै पटक धेरै संख्यामा संक्रमित देखिए तेस्रो चरण मानिन्छ । त्यस्तै, देशभर महामारीको रूपमा गाउँ–गाउँमा संक्रमण देखिन थालेपछि चौथो चरणमा प्रवेश गरेको मानिन्छ । चिकित्सकहरूका अनुसार अहिले नेपाल दोस्रो चरण पार गरेर तेस्रो चरणमा प्रवेश गर्न लागेको छ ।

२४ घन्टामा २९३ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा दुई सय ९३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएका छन् । संक्रमणबाट अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies