Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना रोकथामसँगै अर्थतन्त्रलाई पुरानो लयमै फर्काउने काम गरिरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन् । सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताए।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौँ वार्षिक साधारण तथा राष्ट्रिय ज्ञान सम्मेलनलाई आज अनलाइन सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको यो महामारीबाट विश्व नै प्रभावित भएको र विश्वकै अर्थतन्त्र नै गिरेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न सरकारको एकल प्रयास मात्रै पर्याप्त नहुने भएकाले देशभित्र र देशबाहिर रहेका सबै नेपालीको सहकार्य जरुरी रहेको बताए ।

“कोरोनाको सङ्क्रमण रोक्न र सङ्क्रमण भएकाहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्न सरकारले बन्दोबस्त मिलाएको छ । परीक्षणको दर पनि बढाइएको छ”, मन्त्री ज्ञवालीले भने, “यस महामारीले अर्थतन्त्रमा गहिरो खाल्डाहरु बनाएको छ । आर्थिक चुनौती थपिएको छ । पर्यटन क्षेत्र ध्वस्त हुँदैछ । यस्तो बेला सबैको साथको खाँचो छ । सरकारको प्रयासमात्र पर्याप्त नहुन सक्छ ।”

प्रत्येक वर्ष पाँच लाख विश्व श्रम बजारमा जानेहरु हुनुहुन्छ । त्यो अहिले सम्भावना देखिँदैन । करीब १० लाखको सङ्ख्या बाहिर रहनुभएकाहरु फर्कने अनुमान छ । कूल १५ लाखभन्दा बढीलाई तत्काल स्वदेशमा नै रोजगारी सुनिश्चितता गर्नुपर्ने अवस्था छ । परराष्ट्रमन्त्री ज्ञवालीले थने, “यस पक्षलाई सरकारले गम्भीरतापूर्वक हेरेको छ ।” अर्थतन्त्रलाई पुरानो लयमै फर्काउन सरकारले तयारी गरिरहेको छ । यस कार्यमा गैरआवासीय नेपालीको पनि साझेदारी रहन्छ भन्ने सरकारलाई विश्वास छ ।

सो अवसरमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोनापछिको नेपालका बारेमा समेत बहस र छलफल हुनुपर्ने बताए। स्वदेश फर्किनुभएका नेपालीहरुलाई नेपालमै रोजगारी कसरी दिने भन्ने सन्दर्भमा अब हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने नेता कोइरालाको भनाइ थियो । एक अर्को प्रसङ्गमा नेता कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय अब विवाद वा छलफलको विषय नभएको बताउँदै संविधानले सुनिश्चित गरिसकेकाले अब त्यसको कार्यान्वयनमात्र बाँकी रहेको उल्लेख गरे ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कोरोनाका कारण मानवीय क्षतिसँगै मुलुकको आर्थिक तथा सामाजिक पक्षमा समेत असर पुगेको बताए । उनले भविष्यमा आउन सक्ने खाद्यसङ्कटदेखि आर्थिक समस्याप्रति गम्भीर भई काम गर्नुपर्नेमा वर्तमान सरकार यस्तो विषम परिस्थितिमा पनि सत्ता सङ्घर्षमा नै केन्द्रित रहेको आरोप लगाए । पूर्वपरराष्ट्रमन्त्री महतले सरकारले संसद स्थगित गरेर कुनै पनि विषयमा छलफल गर्न नचाहेको प्रस्ट भएको भन्दै हठात रुपमा संसद् स्थगित गर्नु सरकारको कमजोरी भएको बताए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपति पाण्डेको सञ्चालनमा भएको साधारणसभा उद्घाटनमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विदेशमा रहेका नेपाली स्थायी रुपमै नेपालका दूत भएको बताए। उनले देशबाहिर रहेका नेपालीको गतिविधि र क्रियाकलापसँग नेपालको पहिचान जोडिएको उल्लेख गर्दै यसलाई मनन गरेर देशको छवि बढाउने गतिविधि गर्न एनआरएनहरुमा आग्रह गरे ।

यसैगरी, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँदै आगामी दिनमा समेत सरकारसँग सहकार्य गरी काम गरिने उल्लेख गरे । उनले विभिन्न श्रम गन्तव्य देशबाट नेपाल फर्किएका नेपालीहरुलाई नेपालमै रोजगारको सुनिश्चितता गर्ने सरकारले सुरु गरेको प्रयास सकारात्मक भएको र यस कार्यमा एनआरएनए सक्दो सहयोग गर्ने बताए ।

यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीले गैरआवासीय नेपालीहरु जुन देशमा बस्नुभएको छ त्यो देशको राजनीतिमा पनि पाइला अघि बढाउनुपर्नेमा जोड दिए। साधारणसभा सँगै राष्ट्रिय ज्ञान सम्मेलनमा विभिन्न शीर्षकमा गोष्ठीको आयोजन गरिएको र विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने साधारणसभा तथा सम्मेलनका संयोजक एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies