Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

काठमाडौंमै कोरोना संक्रमितको मृत्यु, ठूलो दुर्घटना निम्तिन सक्ने चिकित्सकको चेतावनी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा शुक्रबार एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा दैनिक संक्रमित बढ्न थालेपछि चिकित्सकहरूले दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार १७ असार राति अस्पताल भर्ना भएका नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या मुलुकभर ३२ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो हो । पार्किन्सन्स रोगबाट पीडित उनी मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचाररत थिए ।

चिकित्सकहरूले काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा परेको बताएका छन् । सरकारले ‘ट्राभलकार्ड’को व्यवस्था नगरे ठूलो दुर्घटनामा परिने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कोभिड चिकित्सक डा। अनुप बाँस्तोलाले बताए ।

‘संक्रमितबारे सबैले जानकारी पाउने कार्ड आवश्यक परेको छ । बाहिर खुला रूपमा हिंडेका कारण उनीहरूलाई सबैले चिन्न सक्ने कार्ड लगाइदिनुपर्छ,’ डा। बाँस्तोलाले भने, ‘१४ दिनसम्म रातो कार्ड, त्यसपछि हरियो कार्ड दिनुपर्छ ।’

चिकित्सकहरूका अनुसार ९८ प्रतिशत संक्रमितमा कोरोना हुने लक्षण देखिएको छैन भने दुई प्रतिशतमा मात्रै लक्षण देखिएको छ । ‘यस्तो अवस्थामा रोगग्रस्त क्षेत्रबाट आएकाहरूको जाँच कसरी भयो, उनीहरू घरमा बसे कि बसेनन् भनेर कसले हेरेको छ रु’ डा। बाँस्तोलाले भने । उनका अनुसार लक्षण नदेखिएका, तर संक्रमित व्यक्ति घर जान्छु भनेर झगडा गर्न थालेका छन् ।

त्यस्तै, लक्षण छैन भनेर प्रभावित स्थानबाट आएका व्यक्तिहरू पनि निर्वाध रूपमा बाहिर हिँडिरहेका छन् । डा। बाँस्तालेका अनुसार काठमाडौं उपत्यकामा भौतिक दूरी पनि कायम भएको देखिएको छैन । ‘टाइमकार्डको प्रयोग नगरे ठूलो दुर्घटनामा पर्छौ,’ डा। बाँस्तोलले भने, ‘सहरी क्षेत्र मात्रै होइन, अहिलेको अवस्थाले मुलुक ठूलो जोखिममा पर्ने देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर सात सय ४० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ । त्यस्तै, आठ सय २३ जना निको भएका छन् । शुक्रबार भने उपत्यकामा नमुना परीक्षण नगरिँदा संक्रमितको संख्या थपिएको छैन । गत तीन दिनमा भने लगातार संक्रमितको संख्या थपिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १४, बुधबार १७ र बिहीबार ३१ जना संक्रमित थपिएका थिए । जसमा मंगलबार काठमाडौंमा १२, भक्तपुर र ललितपुरमा एक–एक, बुधबार काठमाडौंमा १०, भक्तपुरमा दुई र ललितपुरमा पाँच तथा बिहीबार काठमाडौंमा २८, भक्तपुरमा दुई र ललितपुरमा एक संक्रमित थपिएका थिए ।

परीक्षणको दायर घट्दै

केही दिनयता संक्रमित पत्ता लगाउने पिसिआर परीक्षणको दायरा भने घट्दै गएको छ । दैनिक परीक्षण बढ्नुपर्नेमा क्रमशः घट्न थालेको छ । दुई साताअघि दैनिक सात हजारको हाराहारीमा परीक्षण हुँदै आएको थियो, तर अहिले भने दैनिक औसत साढे चार हजारमा झरेको छ ।

गत २४ घन्टामा पनि देशभर चार हजार चार सय ८३ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । तर, अहिले देशभरका क्वारेन्टाइनमा ३० हजारजना बसिरहेका छन् । उनीहरूको परीक्षण गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक १० हजार परीक्षण गर्ने योजना अघि सारेको थियो । त्यसअनुसार परीक्षणको दायरा बढाउन नसकेको भन्दै पटक–पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा। रुणा झालाई मन्त्रालयको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकारलगायतको सल्लाहकार टिमले दैनिक प्रश्न गर्दै आएको थियो ।

केन्द्रीय प्रयोगशालाले सीमित कर्मचारीमा पनि दैनिक एक हजार दुई सयभन्दा बढी नमुना परीक्षण गर्दै आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, केन्द्रीय प्रयोगशालाबाहेकका प्रयोगशालाले परीक्षण दायरा नबढाएपछि दैनिक १० हजार परीक्षण गर्ने योजना असफल भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies