Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बैतडी घटना : इन्जेक्सन लगाएर बलात्कार गर्ने दोषीलाई साढे ११ वर्ष कैद सजाय

बैतडी । सर्वोच्च अदालतले बैतडी (कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत २ मंसिरमै मुद्दाको फैसला भए पनि सजाय निर्धारण हुन सकेको थिएन । बिहीबार मात्र फैसलाको पूर्णपाठ आएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ०७१ पुसमा सर्वोच्चमा दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका दुवै जनालाई न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको गत २ मंसिरको संयुक्त इजलासले कैदसँगै दुई लाख पचास हजार रुपैयाँ ६० दिनभित्र क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाएको हो ।

‘प्रतिवादीहरू सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी सजाय निर्धारण भएकाले र निज प्रतिवादीहरू बैतडी जिल्ला अदालतको आदेशले थुनामा बसेको अवधि कट्टा गरी बाँकी कैदको लगत कसी असुलउपर गर्नू’ फैसलाको पूर्ण पाठमा भनिएको छ ।

यसैगरी, सरकारले क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिने फैसला भएको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्राचार गर्न भनिएको छ । यसअघि पुनरावेदन अदालत महेन्द्रनगरले प्रतिवादी दुवै युवकलाई सफाइ दिएको थियो ।

सर्वोच्चले बलात्कारका घटनामा पीडितको शरीरलाई घटनाको मुख्य प्रमाण मान्नुपर्ने ठहर गरेको छ । ‘जबरजस्ती करणीको वारदातमा घटना घट्यो कि घटेन भन्ने विषय बढी महत्वपूर्ण हुने र यस अदालतले पनि सोही कुरा नै विचार गर्नुपर्ने देखिन्छ’ सर्वोच्चको फैसलामा थप भनिएको छ, ‘जबरजस्ती करणी कसुरमा मुख्य वारदातस्थल नै पीडितको शरीर हो ।’

घटनामा स्वास्थ्य परीक्षणले समेत बलात्कार भएको देखाएको छ । उनले प्रहरीलाई दिएको बयान र अदालतमा गरेको बकपत्रमा घटनास्थल फरक छ । तर, अदालतले त्यसलाई ‘रेप ट्रमा सिन्ड्रम’का रूपमा लिई सामान्य मानेको छ । जाहेरी व्यहोरा र पीडितको बकपत्रमा रहेको सामान्य भिन्नतालाई प्रमाणग्राह्य मान्नुपर्ने पुरानो नजिर देखाउँदै यसलाई संवेदनशील रूपमा लिनुपर्ने बताएको छ ।

‘अन्य अपराधमा सत्यताको मूल्यांकनका लागि भनाइमा स्थिरताको विद्यमानता हुनुपर्छ भने जबर्जस्ती करणीमा पीडितको भनाइमा पीडाको आघातका कारणले केही विरोधाभास आउन सक्दछ,’ फैसलामा भनिएको छ ।

साथै, जबरजस्ती करणी महिलाको शारीरिक मात्र नभई आत्मसम्मानमाथिको आक्रमण पनि भएको हुँदा तत्कालै यस्तो घटनाको स्मरण गरी विवरण दिन असमर्थ हुने अवस्था रहन सक्ने अदालतको ठहर छ । यस्तो हिंसाको घटनामा तत्कालै व्यक्त गर्न कठिन हुने र बिस्तारै याद आउन सक्ने भएकाले न्यायकर्ताले यस्तो अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने भनिएको छ ।

प्रतिवादी भट्ट र अवस्थीमाथि कुनै रिसइबी साँध्न पूर्व निर्धारित योजनाअनुसार किटानी जाहेरी दिएको अवस्था नदेखिएको र मानसिक उपचारबाट सुधार आएपछि अदालतमा गरेको बकपत्रबाट पनि ती दुई जनाकै नाम लिएकाले यसलाई पनि आधार मान्दै प्रतिवादीको इन्कारी बयानका बाबजुद सर्वोच्चले दोषी ठहर गरेको हो ।

यसरी भएको थियो घटना

पीडित बालिका ७ चैत ०६८ मा एसएलसी परीक्षाका लागि आवश्यक गेस पेपर किन्न जाँदा त्यहीँका भट्ट र अवस्थीले नसालु इन्जेक्सन लगाई बेहोस बनाएर उनको बलात्कार गरेका थिए । घटनाको भोलिपल्ट उनी नजिकैको नालीमा अर्धचेत भेटिएकी थिइन् । बैतडी जिल्ला अदालतले दुवैजनालाई दोषी करार गर्दै १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

२२ फागुन ०६९ मा भएको फैसलाविरुद्ध दुवैजना पुनरावेदन अदालत महेन्द्रनगर पुगे । पुनरावेदनले जिल्लाको फैसला उल्टायो र १५ वैशाख ०७१ मा दुवैजनाले सफाइ पाए ।

पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्चमा सरकारी वकिलको कार्यालयले मुद्दा हालेपछि न्यायाधीश मल्ल र फुयाँलको इजलासले ७ कात्तिकमा पुनरावेदनले सुनाएको फैसला उल्टाई कसुरदार ठहर सजाय निर्धारणका लागि पेस गर्ने आदेश दिएको थियो । गत २ मंसिरमा फैसला र बिहीबार यसको पूर्णपाठ आएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies