Khabar Dabali Logo
  July 4, Sat

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । उनीहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताएका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा उनले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाए ।

भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उनले भने, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।” सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उहाँले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाएका छन् । उनले भने, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।”

जेठ १८ गते, २०७७ - २०:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि...   

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र गोरखाका...   

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

काठमाडौं । शनिबार थप २३२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४...   
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा...   

६० रुपैंयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री...   
रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

काठमाडौँ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप खोकनावासी र प्रहरीबीच...   

बझाङ पहिरो अपडेट : सात बेपत्तामध्ये तीन जनाको शव भेटियो (नामसहित)

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता...   

उद्धारमा हिँडेको सेनाको गाडी बझाङकाे पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको...   

सलहबाट मकै बालीमा पाँच करोडको क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ...   

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top