Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

खबरडबली संवाददाता

झपा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो ।  नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधिस अशोककुमार बस्नेतले गरेका थिए ।

कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चुणामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसैबर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ । १४ औं जिल्ला अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको थियो । उक्त दिन अनुपस्थित कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई पनि  विहीबार सम्मान प्रदान गरिएकाे थियाे ।

महासंघ झापाको बिर्तामोडस्थित कार्यालयमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहोर्याउने दायित्व पनि रहेको बताएका छन् ।

प्रमुख अतिथि बस्नेतले न्यायालय र पत्रकारिता दुवै क्षेत्रमा असल र खराब पात्रहरु तथा पक्ष रहेको उल्लेख गर्दै पेशाको मर्यादा र गरिमा कायम गर्न सचेत हुनुपर्नेमा जोड दिए । असल र निष्पक्ष पत्रकारिताले राज्यका निकायलाई खबरदारीसंगै मजबुत बनाउने भन्दै उनले झापाली पत्रकारिता र अग्रजहरुको योगदानको चर्चा गरे । बस्नेतले पत्रकार महासंघ झापाको कामको प्रशंसा गरे ।

पुस्तकको परिचर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्यले झापा शाखाको यो कार्यकाल निक्कै उपलब्धिमुलक र प्रभावकारी भएको बताएका थिए । सम्पादक गोपाल गिरीले पुस्तकका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा लोकापर्ण गरेको उक्त पुस्तकमा ३० को दशकको अन्त्यसम्मको झापाको पत्रकारिताको इतिहास, त्यसबेला क्रियाशील रहेका अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण आलेख र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

गोपाल गिरी र राजवावु शंकरले उक्त पुस्तक सम्पादन गरेका हुन् । पुस्तक कभर सहित २७६ पृष्ठको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending