Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

खबरडबली संवाददाता

सुरुङ्गा । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ ।

यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले हात्ती नियन्त्रण गर्न खोजिए पनि पूर्ण प्रभावकारी भने देखिएको छैन । 

हात्ती नियन्त्रणका लागि २७ विभिन्न सामुदायिक वन क्षेत्रमा जडान गरिएको सोलार अफसेट फेन्स राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालयको रोहवरमा हालै भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेची नगरपालिकाअन्तर्गत रहेका वन समूहलाई हस्तान्तरणसमेत गरेको छ । कोषले हस्तान्तरण गरेका विद्युतीय सौर्य तारबारका कारण हात्ती नियन्त्रणमा केही सहज भए पनि झापावासी हात्तीको समस्याबाट भने पूर्णरुपमा मुक्त हुन सकेका छैनन् । 

हात्ती नियन्त्रणका लागि हात्ती प्रवेश गर्ने प्रमुख गौडा पूर्वी सीमा मेची खोलाको तटीय क्षेत्रमा रहेको सामुदायिक वन क्षेत्रमा विद्युतीय सौर्य तारबार गरिए पनि यहाँ रहेका सामुदायिक वनमा बस्दै आएका हात्तीले बस्तीमा पसेर दिनहुँजसो उपद्रो मच्चाउने गरेका छन् । 

हात्तीको उपद्रोका कारण सात विदेशी नागरिकसहित ६७ जनाले झापामा ज्यानसमेत गुमाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार विसं २०६८ यता मात्रै ६० जना नेपाली र सात विदेशी नागरिकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।  

हात्तीले प्रायःजसो मच्चाउने उपद्रोकै कारण झापामा हात्तीसमेत मारिने गरेका छन् । हात्ती कसले मार्यो भन्ने पुष्टि हुन नसक्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही हुन नसकेको वन कार्यालयका अधिकृत पाठकको भनाइ छ । झापामा हालसम्म २० हात्ती मृत फेला परेका छन् । कालगतिले मरेका हात्तीको सङ्ख्या भने न्यून रहेको पाठकको भनाइ छ । 

हालैमात्र झापाको मेची नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र ४० वर्षको बयष्क हात्ती मृत फेला पर्यो । मृत भेटिएको हात्तीको पुच्छर, दाह्रा नभएकाले हात्तीलाई तस्करले मारेको हुनसक्ने डिभिजन वन कार्यालयको निष्कर्ष रहेको पाठकको भनाइ छ । 

“हात्तीलाई गोली हानेर मारिएको रहेछ”, पाठकले भने, “मेरै संयोजकत्वमा छानविन समिति बनेको थियो, घटना छानविन गर्दा हात्तीलाई गोली हानेर मारेको पाइएपछि मारिएको हात्तीको पोष्टमार्टम पछि सामुदायिक वनमा नै खाल्डो खनेर पुरियो, मारिएको हात्तीको दाह्रा र पुच्छर नहुनुले झापामा हात्ती तस्करी गर्ने समूह सक्रिय रहेको पुष्टि हुन्छ, हामी हात्ती मार्ने गिरोहको सुक्ष्म ढङ्गले खोजी गरिरहेका छौँ ।”

 यही वैशाख ३ गते मृत्त फेला परेको हात्ती जिल्लामा मारिएको पहिलो भने होइन । “यहाँ विद्युतीय सौर्य तारबारमा परेर र पारिएर पनि धेरै हात्ती मरेका छन्”, पाठकले भने, “तर प्रमाण नजुट्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही गर्न भने सकिएको छैन ।” 

 मेचीनगरमा हात्ती मार्न भरुवा बन्दुकको प्रयोग गरिएको प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ । मृत्त हात्तीको पोष्टमार्टमका क्रममा हात्तीको कान छेउको भागमा गोली हानेको र टाउकामा गोली भेटिएको पाठकले बताए ।

विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई  रु सात करोड १९ लाख ७० हजार छ सय ९७ राहत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो । हात्तीको उपद्रोका कारण अर्बौं रुपैयाँको धनमाल क्षति हुने गरेको छ भने हात्तीबाट हालसम्म झापामा पाँच सय ३२ घटना भएका छन् ।

त्यसबापत रु एक करोड २६ लाख राहत वितरण गर्न अझै बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणमा परी मृत्यु हुनेका परिवारलाई हाल राज्यले रु १० लाख राहत रकम उपलब्ध गराउँदै आएको छ । विसं २०७४ असार अघि रु पाँच लाख प्रदान गरिँदै आएको थियो । 

विसं २०७१ असोज २५ गते अघि रु तीन लाख र त्यसअघि हात्तीको आक्रमणमा परी मृत्यु हुनेको परिवारलाई रु एक लाख ५० हजार राज्यबाट राहत रकम प्रदान गरिँदै आएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आय...

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ ...

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे नयाँ बानेश्वर शंकर हलमा बस्नेगरी बैठक बोलाएको सभामुखको ...

उपेन्द्र यादवको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा...

सिटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि...

दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौर...

काठमाडौंमा हावाहुरीसहित बिहानैदेखि वर्षा, देशका अन्य भू-भागमा कस्तो रहला मौसम ?

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्...

बिहेपछि अष्ट्रेलिया पलायन भएकी हुन् एलिना चौहान ?

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्...

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपाल...

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies