Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

खबरडबली संवाददाता

सुरुङ्गा । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ ।

यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन । हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले हात्ती नियन्त्रण गर्न खोजिए पनि पूर्ण प्रभावकारी भने देखिएको छैन । 

हात्ती नियन्त्रणका लागि २७ विभिन्न सामुदायिक वन क्षेत्रमा जडान गरिएको सोलार अफसेट फेन्स राष्ट्रिय प्रकृति संरक्षण कोषले डिभिजन वन कार्यालयको रोहवरमा हालै भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदशी र मेची नगरपालिकाअन्तर्गत रहेका वन समूहलाई हस्तान्तरणसमेत गरेको छ । कोषले हस्तान्तरण गरेका विद्युतीय सौर्य तारबारका कारण हात्ती नियन्त्रणमा केही सहज भए पनि झापावासी हात्तीको समस्याबाट भने पूर्णरुपमा मुक्त हुन सकेका छैनन् । 

हात्ती नियन्त्रणका लागि हात्ती प्रवेश गर्ने प्रमुख गौडा पूर्वी सीमा मेची खोलाको तटीय क्षेत्रमा रहेको सामुदायिक वन क्षेत्रमा विद्युतीय सौर्य तारबार गरिए पनि यहाँ रहेका सामुदायिक वनमा बस्दै आएका हात्तीले बस्तीमा पसेर दिनहुँजसो उपद्रो मच्चाउने गरेका छन् । 

हात्तीको उपद्रोका कारण सात विदेशी नागरिकसहित ६७ जनाले झापामा ज्यानसमेत गुमाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार विसं २०६८ यता मात्रै ६० जना नेपाली र सात विदेशी नागरिकले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।  

हात्तीले प्रायःजसो मच्चाउने उपद्रोकै कारण झापामा हात्तीसमेत मारिने गरेका छन् । हात्ती कसले मार्यो भन्ने पुष्टि हुन नसक्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही हुन नसकेको वन कार्यालयका अधिकृत पाठकको भनाइ छ । झापामा हालसम्म २० हात्ती मृत फेला परेका छन् । कालगतिले मरेका हात्तीको सङ्ख्या भने न्यून रहेको पाठकको भनाइ छ । 

हालैमात्र झापाको मेची नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र ४० वर्षको बयष्क हात्ती मृत फेला पर्यो । मृत भेटिएको हात्तीको पुच्छर, दाह्रा नभएकाले हात्तीलाई तस्करले मारेको हुनसक्ने डिभिजन वन कार्यालयको निष्कर्ष रहेको पाठकको भनाइ छ । 

“हात्तीलाई गोली हानेर मारिएको रहेछ”, पाठकले भने, “मेरै संयोजकत्वमा छानविन समिति बनेको थियो, घटना छानविन गर्दा हात्तीलाई गोली हानेर मारेको पाइएपछि मारिएको हात्तीको पोष्टमार्टम पछि सामुदायिक वनमा नै खाल्डो खनेर पुरियो, मारिएको हात्तीको दाह्रा र पुच्छर नहुनुले झापामा हात्ती तस्करी गर्ने समूह सक्रिय रहेको पुष्टि हुन्छ, हामी हात्ती मार्ने गिरोहको सुक्ष्म ढङ्गले खोजी गरिरहेका छौँ ।”

 यही वैशाख ३ गते मृत्त फेला परेको हात्ती जिल्लामा मारिएको पहिलो भने होइन । “यहाँ विद्युतीय सौर्य तारबारमा परेर र पारिएर पनि धेरै हात्ती मरेका छन्”, पाठकले भने, “तर प्रमाण नजुट्दा हात्ती मार्ने कार्यमा संलग्नलाई कारबाही गर्न भने सकिएको छैन ।” 

 मेचीनगरमा हात्ती मार्न भरुवा बन्दुकको प्रयोग गरिएको प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ । मृत्त हात्तीको पोष्टमार्टमका क्रममा हात्तीको कान छेउको भागमा गोली हानेको र टाउकामा गोली भेटिएको पाठकले बताए ।

विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई  रु सात करोड १९ लाख ७० हजार छ सय ९७ राहत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो । हात्तीको उपद्रोका कारण अर्बौं रुपैयाँको धनमाल क्षति हुने गरेको छ भने हात्तीबाट हालसम्म झापामा पाँच सय ३२ घटना भएका छन् ।

त्यसबापत रु एक करोड २६ लाख राहत वितरण गर्न अझै बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणमा परी मृत्यु हुनेका परिवारलाई हाल राज्यले रु १० लाख राहत रकम उपलब्ध गराउँदै आएको छ । विसं २०७४ असार अघि रु पाँच लाख प्रदान गरिँदै आएको थियो । 

विसं २०७१ असोज २५ गते अघि रु तीन लाख र त्यसअघि हात्तीको आक्रमणमा परी मृत्यु हुनेको परिवारलाई रु एक लाख ५० हजार राज्यबाट राहत रकम प्रदान गरिँदै आएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending