Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम(पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् । उक्त घटनामा भेरी नगरपालिका–४ रानागाउँका सुदीप खड्कालगायत १२ जना घाइते भएका थिए । यही जेठ १० गते जाजरकोटबाट आएका युवा आक्रमणमा पर्दा पाँचजनाको मृत्यु भएको छ तथा एक जना अझै बेपत्ता रहेको जनाइएको छ ।

घटनामा जाजरकोट, भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, सन्दीप (सञ्जु) विक, ११ का लोकेन्द्र सुनार र रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको छ भने भेरी–११का गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदीको किनारमा भेटिएको थियो ।

घाइतेमध्ये सुदीप खड्काको हात र टाउकामा चोट लागेको छ । अर्का सरोज भँडेलको पिठ्यूँमा चोट लागेको छ । केहीको शरीरमा भित्री चोट लागेको जनाइएको छ । सबै शव खोज्नतर्फ लागेको र आफूहरुको उपचारमा कसैले ध्यान नदिएको उनीहरुले बताए । आफूहरुसँग व्यक्तिगतरुपमा उपचार गर्नका लागि पैसा नभएको गुनासो गर्दै उनीहरुले आफूहरुको उपचार हुनुपर्ने माग गरेका छन् ।

कर्णाली प्रदेशसभाका सदस्यले पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगको छलफलपछि घटनाको न्यायिक र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । नेकपाका सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताए।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए ।

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्कनुभएको थियो । त्यस्तै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोलीले समेत शनिबारदेखि जाजरकोट र रुकुम(पश्चिम)को घटनास्थल र शव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ ।

अपराधी उम्कन पाउँदैनन् डिआइजी पन्त

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताए। उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन् ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । छोरा गुमाएका बलबहादुर विकले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन र दोषी उम्किन नदिन आग्रह गरे । डिआइजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने बताए । उनले भने, “तपाईंहरु ढुक्क हुनुहोस् । छानबिन निष्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिइसकेको छु ।”

शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ । उनले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies