Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धान किसान निराश : बीउ अभाव कायमै

तानसेन । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको बीउ वितरण गरेको बताए पनि कृषकले भने अपुग रहेको बताइरहेका छन् । रामपुर नगरपालिकामा गत वर्षभन्दा तेब्बर बढी धानको बीउ वितरण गरिए पनि कृषकको मागअनुसार पुर्याउन नसकिएको कृषि विकास शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए । उनले गत वर्ष जम्मा आठ टन मात्रै वितरण गरिएको नगरपालिका क्षेत्रमा यस वर्ष ३१ टन वितरण गर्दा पनि बीउ पुर्याउन नसकिएको स्वीकारे ।

यस वर्ष वडा कार्यालयमार्फत वडागत रुपमा कृषकसँग निवेदन माग गरी वितरण गरिएका कारण कृषकको माग बढी भएको हो । केही धानको बीउ लकडाउनका कारण ल्याउन नसकिएको र कृषकसमक्ष पुर्याउन नसकिएको शाखा प्रमुख पाण्डेयको भनाइ छ । अहिले एउटै वडामा १० टन बीउ माग भएकामा आठ टन वितरण गरिएको उनले सुनाए । नगरपालिका क्षेत्रमा करीब एक हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

रोगसँग प्रतिरोधात्मक शक्ति भएको र उत्पादन बढी हुने भएका कारण पनि कृषकको रोजाइअनुसारको सावित्री र रामधान वितरण गरिएको तर रामधान र सावा मनसुली धान माग अनुसार ल्याउन नसकिएको पाण्डेय बताउछन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका निम्ति गरिएको बन्दाबन्दीका कारण धान रोपाइँका निम्ति बीउ अभाव देखिएको छ । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिले पहिले जस्तो घरमै बीउ राख्ने चलन पनि हराउन थालेको छ ।

उत्पादन बढी हुने, नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल ४ लगायत धान खरीद गरेर विगतमा बीउ राख्ने कृषक यस वर्ष स्थानीय तहले वितरण गरे पनि पर्याप्त नभएको गुनासो गर्न थालेका छन् ।

रामपुरका कृषक सूर्यप्रसाद रेग्मीले नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरे पनि कृषकले पर्याप्त रुपमा पाउन नसकेको गुनासो गरे । नगरपालिकाले धानको बीउ दिन्छ भनेर ढुक्क भएका कृषक सावा मनसुलीलगायत केही धान नपाउँदा निराश बनेको कृषक रेग्मी बताउछन् ।

रम्भा गाउँपालिकाले अन्य पालिकाभन्दा सहुलियत दिएको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ८० प्रतिशत अनुदानमा सावित्री र रामधानको बीउ छ हजार ती सय केजी करीब तीन सय कृषकलाई वितरण गरिएको जानकारी दिए ।

माथागढी गाउँपालिकामा ७५ प्रतिशत अनुदानमा करीब ७५ क्वीन्टल, रैनादेवी छहरा गाउँपालिकामा १५ क्वीन्टल, बगनासकाली गाउँपालिकामा ३२ क्वीन्टल धानको बीउ बाँडिएको छ । तिनाउ गाउँपालिकाले करीब रु पाँच लाखको धानको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउछन् । पाल्पाका तानसेन नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकामा पनि धानको बीउ उपलब्ध गराइएको छ । रिब्दीकोट गाउँपालिकाले कार्यालयमा धानको बीउ अभावको गुनासो गर्ने कृषकलाई मात्रै उपलब्ध गराइएको जनाएको छ ।

कृषिज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सबैजसो स्थानीय तहमा बीउ वितरण भए पनि विगतका जस्तो आवश्यकता भएअनुसार वितरण हुन नसकेको बताए । उनी जिल्लाका केही कृषकले आफैँले तयार गरेका बीउसमेत राख्ने तयारीमा रहेको बताउछन् ।

जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ भने पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायत धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषक नै बताउँछन् । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल जमीन धानका लागि उपयुक्त रहेको ज्ञानकेन्द्रले जनाएको छ । पाल्पामा माडीफाँट, अर्गली, हेक्लाङ, हुँगी, रामपुर, दोभानलगायतका फाँट धान उत्पादनका लागि मुख्य क्षेत्र मानिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies