Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेपालगञ्जमा बन्दाबन्दी लागू भएदेखि ६७ लैङ्गिक हिंसा घटना दर्ता

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैँगिक हिंसा रोक्न सरोकार पक्षसँग आवश्यक समन्वय, संवाद र सहजीकरणको प्रक्रिया अघि बढाइएको छ । जिल्लामा घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहारलगायत घटना वृद्धि भएपछि संवाद समूह, बाँकेले भर्चुअल (अनलाइन) छलफलमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनाका साथै घटना न्यूनीकरण र न्यायका लागि यस्तो पहल गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार गत चैत ११ देखि मसान्तसम्म १७, वैशाखमा ३६ र जेठ १५ गतेसम्म १४ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । बन्दाबन्दी अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसबाहेक जिल्ला प्रहरी कार्यालयमा महिलामाथि गाली बेइज्जती, कुटपिट र बेपत्ताका घटना पनि दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता रहेको भर्चुअल छलफलमा महिला हिंसाका घटना, स्वरुप तथा प्रवृत्ति र नियन्त्रणका लागि भएका साझा प्रयासका विषयवस्तुमाथि संवाद गरिएको थियो । समूहका जिल्ला सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको संवादमा सहभागीले कोरोना सङ्क्रमणका समयमा सरकारका मौजुदा संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जिकिर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कोरोना सङ्क्रमणको सन्त्रास र लकडाउन अवधिमा लैङ्गिक हिंसाका घटनामा कमी नआएको बताउँदै बन्दाबन्दी लागू भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा ६७ लैङ्गिक र महिला हिंसासँग सम्बन्धित घटना दर्ता भएको जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, अधिकारकर्मी कमला पन्त, प्रल्हादबहादुर कार्कीलगायतले प्रहरीको एकल प्रयासले मात्र महिलामाथिको हिंसा रोक्न नसकिने भएकाले सबै पक्षको सहकार्यमा जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies