Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

जाजरकोट । लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ भेरी नगरपालिकाले भारतलगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षककै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए ।

‘शिक्षक जयबहादुर शाहीको नेतृत्वमा स्थानीय बासिन्दाले विद्यालय भत्काइदिए । क्वारेन्टाइनका लागि गरिएको व्यवस्थापनका सबै सामग्री पनि फालेका छन्,’ उनले भने । शिक्षक शाही छिमेकी गाउँ भेरेस्थित लक्ष्मी माविमा कार्यरत छन् ।

स्थानीय बासिन्दाले विद्यालयको छानो र पर्खाल भत्काएका हुन् । नगरपालिकाले बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको स्थानीयको आरोप छ । तर, विद्यालयनजिक बस्ती नभएको वडाध्यक्ष बुढाले बताए ।

‘नगरपालिकाको निर्देशन, अधिकांश गाउँलेको सहमति र वडास्तरीय कोरोना रोकथाम समितिको निर्णयअनुसार क्वारेन्टाइन बनाएका थियौँ,’ वडाध्यक्ष बुढाले भने, ‘हातहतियारसहित आएका गाउँकै मान्छेले विद्यालय भत्काए ।’ यसमा शिक्षक शाहीसँगै स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्तीलगायतको प्रमुख भूमिका रहेको उनले बताए ।

क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको कामलाई अवरोध र्पुयाउनेलाई कारबाही गरिने बताए । ‘विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जोसुकै भए पनि कारबाही गर्छौ,’ उनले भने । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाबारे बुझ्ने बताए ।

लकडाउनको समयमा पनि भारतका विभिन्न सहरबाट जाजरकोटवासी फर्किने क्रम जारी छ । अहिलेसम्म आएकालाई सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रका विद्यालय र सरकारी भवनमा राख्ने गरिएको छ । संख्या बढ्न थालेपछि गाउँपालिकामा क्वारेन्टाइन बनाउन लगाइएको थियो । देशबाहिर रहेका करिब पाँच हजार जाजरकोटवासी गाउँ फर्किने अनुमान गरिएको छ ।

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने विषयमा विवाद हुँदा शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७ जोकाहमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ ।

स्थानीय अनावारुल इस्लामिक मदरसामा रहेका दुईजना कोरोना संक्रमितलाई आइसोलेसन राख्न सदरमुकामस्थित मध्यक्षेत्रीय प्रहरी आवासीय विद्यालय गरुडामा लैजान खोज्दा स्थानीय बासिन्दाले विरोध गरेका थिए । नगरपालिकाभित्रै आइसोलेसन कक्ष बनाएर राख्न माग गर्दै उनीहरूले प्रहरी र स्वास्थ्यकर्मीलाई अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति बनेको थियो ।

स्थानीय बासिन्दाले प्रहरीको गाडी तोडफोड गरेका छन् । स्थानीयले ढुंगा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

संक्रमितलाई आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । संक्रमित रहेको स्थानबाट आइसोलेसन कक्ष करिब २५ किलोमिटर टाढा छ ।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई सरकारले तत्काल स्वदेश ल्याउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पहिलो चरणमा भारतबाहेकका तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको हो ।

करार अवधि सकिएका, सम्बन्धित मुलुकले क्षमादान दिएका तथा अप्ठ्यारोमा परेर स्वदेश फर्किन सम्बन्धित देशस्थित नेपाली दूतावासमा आवेदन दिएका नेपालीलाई प्राथमिकता दिएर स्वदेश फर्काउने सरकारको तयारी छ ।

विदेशमा समस्यामा परेकाको संख्या धेरै भए पनि पहिलो चरणमा तत्काल २५ हजारलाई ल्याइनेछ । विदेशमा रोकिएका सरकारी कर्मचारीलाई पनि प्राथमिकतामा राखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies