Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतमा अलपत्र परेका भन्छन् : आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस्

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?” यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको ।

उनी अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा छन्। आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै खत्रीेले टेलिफोनमार्फत राससलाई भने । “४७ जना गाउँले तीनवटा कोठामा बन्दी जस्तै जीवन बताइरहेको छौँ”, अर्का देवबहादुर बस्नेतले रुँदै भने, “बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ ।” “४१ दिनसम्म कमाएको पैसा सबै खाएर सकियो, राहत कसैले दिँदैन कसरी बाँच्ने हामीलाई उद्धार गर्नुपर्यो”, उनले भने ।

पीडा र बेदनाका बीचमा कामविहीन भएका ४७ जना छेडागाड नगरपालिकाका नागरिक रुँदै कराउँदै उद्धारका लागि याचना गरिरहेका छन् । दैनिक घर परिवारले फोनमा कुरा गर्दा कस्तो छ ?के छ ? भनी सोध्दा, सधैँ ढाँटेर हामीलाई राम्रो छ । चिन्ता नलिनु भन्दै आश्वस्त पार्ने काम गरिरहेको समेत सिंर्गे कामीले बताए । “घरमा ऋण थियो, तिर्नका लागि सुत्केरी श्रीमतीलाई छाडेर कालापार आइयो, यहाँ पनि मरिन्छ कि, बाँचिन्छ थाहा छैन”, कामीले भने । गरिबलाई जहाँ आए पनि पीडा र दुःखमात्र हुँदोरहेछ, कतै कोरोना लागेर हामी पनि कुकुर मरेझैँ हुन्छौँ कि भन्ने चिन्ता लाग्छ, कामीले थपे ।

अभाव र बाध्यताको बीचमा हुर्किएको कर्म जहाँ गए पनि ठक्करमात्र खान्छ कुनै बेला मरिहालौँ कि जस्तो पनि लाग्छ तर घरमा सानो छोरीलाई आँखा अगाडि झलझल सम्झिन्छु, अनि बाँच्न मन लाग्छ तुलवीर चदाराले फोनमा रुँदै भने । हामीलाई सरकारले छिटो उद्धार गर्नुपर्यो, हाम्रो एउटै सपना अब घर पुगेर आफ्नै भूमिमा इलम गरेर खाने हो चदाराले भने । दैनिक घरपरिवारसँग ढाँटेर कति दिन अर्काको भूमिमा बस्ने रु नेपालमा परिवार चिन्तामा छन्, यता हामी चिन्तामा छौँ मनबहादुर लुहारले भने ।

सरकारसम्म हाम्रा कुरा सुनाएर उद्धार गर्ने वातारण सिर्जना गर्नसमेत उनीहरुको आग्रह छ । हिँडेर पनि आउन सक्ने अवस्था नहुँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको उनीहरुले बताएका छन् । पहिलेको जस्तो राम्रो व्यवहार भारतीयको आजभोलि नभएको समेत उनीहरुले बताएका छन् । खाना नपाएर मर्नुपर्ने अवस्था आउन थालेको समेत पीडा उनीहरु सुनाउँछन् । जाजरकोटबाट मात्र प्रत्येक वर्ष कमाइका लागि भारतका विभिन्न ठाउँमा सयौँ मानिस जाने गर्छन् ।

गाउँमा रोजगारीको सम्भावना नभएपछि अर्कैलाई भाडा तिर्न लगाएर भारत पुगेको सयौँ सर्वसाधारण लकडाउनका कारण कमाएको जति खाँदा भाडासमेत नपाएर अलपत्र परेको बताएका छन् । रोजगारीका लागि ४०० भन्दा बढी जाजरकोटवासी भारतलगायत मुलुकमा पुगेको तथ्याङ्क रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनका अनुसार अझै धेरै नागरिक आइरहेको खबर छ । यता सङ्घीय सरकारका वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतलाई अलपत्र परेका नागरिकलाई उद्धार तथा समन्वय गर्न जिम्मेवारी दिइएको छ । अहिले जिल्लामा आएका सबैलाई क्वारेन्टिनमा राखेर कोरोना जाँचको तयारी रहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट चार हजार ३३६ व्यक्ति कर्णालीका विभिन्न जिल्लामा प्रवेश गरेका छन् । सबैभन्दा बढी दैलेखका दुई हजार २४४ जना आएका छन् । सुर्खेतका ९१४, सल्यानका ७२०, जाजरकोटका १२४, कालीकोटका १२३, रुकुम पश्चिमका १०८, जुम्लाका ५० र मुगुका ४५ जना नेपाल भित्रिएको कार्यालयको भनाइ छ । अझै भारतबाट करिब २५ हजार व्यक्ति फर्किने अनुमानसहित सुरक्षा र व्यवस्थापनको तयारी गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।

दैलेखमा अहिले एक हजार ७९ जनामात्र क्वारेन्टिनमा बसिरहेका छन् । सुर्खेतका स्थानीय तहका क्वारेन्टिनमा ८०० र प्रादेशिक क्वारेन्टिनमा ७८ जना बसिरहेका छन् । सल्यानमा ७२० भारतबाट आएका भएपनि अहिले ५२५ जना सामुदायिक क्वारेन्टिनमा बसिरहेका छन् ।

यो प्रदेशमा २७ कोरोना विशेष उपचार केन्द्रमा ५४० आइसोलेशन श्यया रहेका छन् । त्यस्तै अस्पतालमा १५१ कोरोना विशेष श्यया, १७ भेन्टिलेटर तथा ४० आइसियु श्यया रहेका छन् ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies