Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

भद्रपुर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताएका छन् ।

उनले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । झापाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाकाबाट आगामी एक दुई दिनभित्रै एक हजार नेपालीलाई उद्धार गरेर सुरक्षितरुपमा नेपाल ल्याइने र क्रमशः यो सङ्ख्या बढेर २० हजारसम्म पुग्नसक्ने मन्त्री कार्कीले बताए ।

उनले नेपाल सरकार र भारत सरकारबीच यस विषयमा छलफल भइरहेको बताउँदै सीमा क्षेत्रमा रहेका आआफ्ना नागरिकलाई ल्याउने र लैजाने काम चाँडै हुने जानकारी गराए । “गृहमन्त्रालय, पराराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उनले भने, “ल्याइएका नागरिकलाई होल्डिङ क्षेत्रमा राखेर स्वास्थ्य परीक्षण गरिने र अन्य प्रदेशका भए सोको राजधानीसम्म पुर्याउने काम प्रदेश सरकारले गर्नेछ ।”

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले काँकरभिट्टा नाकाबाट ल्याइने नेपालीलाई राख्नका लागि काँकरभिट्टा माध्यमिक विद्यालयमा तथा भद्रपुर र कचनकबलबाट आउनेलाई मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी दिए । जिसस प्रमुख पोर्तेलले प्रदेश नं १ का उद्धार गरिएका नेपालीलाई जिल्ला सदरमुकामसम्म र अन्य प्रदेशका हकमा प्रदेशको राजधानीसम्म पुर्याउने व्यवस्था मिलाइने निर्णय भएको बताए ।

भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपाली ८५३ जनाले झापाको सीमा नजिक आएर नाम टिपाइसकेका र त्यो सङ्ख्या बढिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउ । उनका अनुसार सङ्कलित नाममध्ये ३२३ जना कर्णाली प्रदेशका, एक जना झापाका र अरु अन्य जिल्लाका रहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies