Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१२ बर्षीय बालिका माथि बलात्कार गरेको आरोपमा २० वर्षीय आशाराम पक्राउ

सप्तरी । जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।

गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर नियन्त्रणमा लिएका हुन् । पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण र उपचार भएको छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपितले बलात्कार गरेको स्वीकारेका छन् । प्रहरी चौकी पकरीले थप कारवाहीका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

लकडाउनको अवधिमा यसअघि १२ र १६ वर्षीया बालिकालाई बलात्कार गरेका छुट्टाछुट्टै घटनाका दुई आरोपित घटनास्थलबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीको तथ्याङ्कमा उल्लेख छ । घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाई वैशाख २१ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम घटनास्थलबाटै पक्राउ परेका थिए । घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेले नियन्त्रणमा लिई कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएका थिए ।

यसैगरी १२ वर्षीया बालिकालाई वैशाख ३ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादव पक्राउ परेका थिए । उनी हालै जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा परेका छन् । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बताएकी थिइन् ।

लकडाउनका बेला उत्पन्न सुनसान अवस्थाको मौका छोपेर बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी, प्रशासन सबै निकाय लकडाउन कार्यान्वयनमा केन्द्रित भएका बेला बलात्कारका घटना अझ धेरै भएको अधिवक्ता गजराज पाण्डेको भनाइ छ । लकडाउनका बेला पक्राउ परेका घटना तीनवटा भए पनि उजुरी दर्ता नभएका, पक्राउ नपरेका र उजुरी नआएका धेरै घटना सार्वजनिक हुन नसकेको अधिवक्ता पाण्डेले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies