Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सुन्दरबजारमा ५० श्ययाको क्वारेन्टाइन निर्माण

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ मा रहेको कृषि क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरी जिल्लाबाट लमजुङ तनहुँ सिमानाबाट प्रवेश गर्नेलाई सो क्वारेन्टाइनमा राख्नका लागि सो क्याम्पसमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

विश्वमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमितको उच्च सतर्कता अपनाउँदै बाहिरी जिल्लाबाट लुकीछुपी आउनेलाई राख्नका लागि ५० श्यया (बेड) को क्वारेन्टाइन निर्माण भएको छ । यहाँ २५ पुरुष र २५ महिलाका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । थप आवश्यक परेमा क्वारेन्टाइन बेड बढाउँदै जाने प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । उनका अनुसार निर्माण तथा व्यवस्थापनका लागि जिल्लाका आठवटा स्थानीय तहले रु एक÷एक लाख सहयोग गर्ने विपद् व्यवस्थापन समितिले वैशाख २६ गते निर्णय गरिसकेको छ । जिल्लामा रहेको चार÷चार नगर र गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चाल समितिको कोषमा रकम जम्मा गर्ने र सोबाट क्वारेन्टाइन सञ्चालन हुने भएको छ ।

सो क्वारेन्टाइन रेखदेखका लागि बेँसीशहर नगरपालिका–१ मा रहेको नेपाली सेनाको उदिपुरस्थित श्रीजङ्ग गणबाट सैनिक टोली खेटिएको र आजबाट क्वारेन्टाइनमा राख्न शुरु गर्ने प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । जिल्लामा यसअघि आठवटै स्थानीय तहले ७६ स्थानमा एक हजार बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । यस जिल्लास्तरीयसहित जिल्लामा एक हजार ५० वटा क्वारेन्टाइन बेडको क्षमता जिल्लामा भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङसँग सिमाना जोडिएको गोरखा, तनहुँ र कास्कीमा थप प्रहरी परिचालन गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies