Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

समुदायमा व्यापक बन्दै संक्रमण

जनकपुरधाम । भारतीय सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुनुका साथै पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण हुन नसक्दा कोरोना संक्रमण समुदायमा व्यापक बन्दै गएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ‘हटस्पट’ बनेका प्रदेश २ र प्रदेश ५ मा दुईमहिने शिशुदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवा समेत संक्रमित भएका छन् । लुकीछिपी राजधानी पस्नेहरूसँगै उपत्यकामा पनि संक्रमण बढेको छ ।

काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी, धादिङ र धनुषामा १र१ गरी ६ संक्रमित थपिएसँगै बिहीबार रातिसम्म संक्रमितको संख्या २ सय ४९ पुगेको छ । भारतमा रेल सेवा चालु भएसँगै सीमावर्ती रूपन्देही, कपिलवस्तु र बाँकेको दशगजाबाट स्वदेश आउन चाहनेको भीड बढेको छ ।

प्रदेश २ मा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण समुदायमै फैलिएको चिकित्सकहरूले बताएका छन् । आठवटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या बिहीबारसम्म ९८ पुगेको छ ।

चिकित्सकहरूले संक्रमण समुदायमै फैलिएको दाबी गरिरहँदा तीनै तहका सरकार भने लकडाउनले प्रभावित परिवारलाई राहत वितरण, अस्पतालको पूर्वाधार थप्ने र स्वास्थ्य सामग्री खरिदमै अलमलिएका छन् ।

चैत २९ मा वीरगन्जमा तीन जनामा देखिएको कोरोना संक्रमण नै प्रदेश २ को पहिलो केस हो । वीरगन्जको छपकैयास्थित मस्जिदमा बसेका २१ जनाको स्वाब परीक्षण गर्दा तीन जना भारतीयमा संक्रमण पुष्टि भएको थियो ।

त्यसयता छपकैया क्षेत्रलाई सिल गरिए पनि वैशाख १७ मा सोही क्षेत्रका थप १७ जनामा संक्रमण देखियो । उनीहरू सबै एकै परिवारका हुन् । संक्रमितमध्ये एक दुई महिने शिशु समेत थिए ।
पर्सामा मंगलबार मात्रै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखियो ।

बुधबार पनि त्यहाँ २ जना संक्रमित भेटिए । ‘हटस्पट’ बनेको वीरगन्जमा एक नर्स र दुई जना पत्रकारको पीसीआर रिपोर्ट समेत पोजिटिभ आएको थियो । पर्सा प्रहरीको थुनामा रहेका एक व्यक्तिमा पनि संक्रमण देखियो । वीरगन्ज महानगरपालिकाका ३१ वडामध्ये ६ वटा वडामा संक्रमण फैलिसकेको छ । हालसम्म वीरगन्ज २, ३, ५, ११, १२ र १६ मा कोरोना संक्रमित भेटिएका छन् ।

‘प्रदेश २ मा समुदायमै कोरोना फैलिइसकेको छ । एकै पटक धेरै संख्यामा संक्रमित देखिनु त्यसकै संकेत हो,’ जनकपुरका वरिष्ठ फिजिसियन विजय सिंहले भने, ‘संक्रमण समुदायमै फैलिएपछि हटस्पट तोकेर परीक्षणको काम प्रभावकारी गरे मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ ।’ संक्रमितकै उपचारमा खटिएका स्वास्थ्यकर्मीमै संक्रमण देखिएपछि बिहीबार नारायणी अस्पतालका चिकित्सकसहितको टोलीले स्वाब परीक्षण गराएका छन् ।

वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्ड अहिले भरिभराउ छ । त्यहाँ ७१ जना संक्रमित उपचाररत छन् । बाँकी १९ जनाको वीरगन्जकै सिद्धार्थ स्कुलमा बनाइएको आइसोलोसनमा उपचार भइरहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमा कुनै पनि गम्भीर लक्षण नदेखिएको चिकित्सकहरू बताउँछन् । ‘कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । तर, स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि भने धेरै जना झस्किएका छन्,’ डा। सिंहले भने ।

हालसम्म पर्सामा ८२ जना, बारा र रौतहटमा ३र३ जना, सर्लाही, महोत्तरी र धनुषामा २र२ जना र सप्तरीमा एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सिरहामा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।

धनुषाको लालगढमा पनि एक नर्समा कोरोना संक्रमण भेटिएको छ । जनकपुरका एक पत्रकार र पुस्तक व्यवसायीमा समेत कोरोना पोजिटिभ देखिएको छ । यी दुवै संक्रमितले आफूहरू भीडभाडमा नगएको र सावधानीका सबै उपाय अपनाउँदा पनि संक्रमित भएको बताएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालका फिजिसियन डा। जेपी जयसवालले प्रदेश २ मा कोरोना भाइरसको संक्रमण तेस्रो स्टेजमा पुगेको दाबी गरे । उनले बिरामीको संख्या ह्वात्तै बढिरहेकाले कोरोना समुदायस्तरमै फैलिएको उनको भनाइ छ ।

‘पहिला बाहिरबाट आएका व्यक्तिमा मात्रै संक्रमण देखिन्थ्यो । अहिले कहीँकतै नगएकाहरू पनि संक्रमित हुन थालेको छन्,’ डा। जयसवालले भने, ‘यो स्थिति आउनु ठीक होइन । स्थिति भयावह हुनसक्छ ।’

कसरी फैलियो प्रदेशभरि संक्रमण ?

कोरोना भाइरसको संक्रमण वीरगन्जमा समुदायमै फैलिए पनि झन्डै ५४ लाख जनसंख्या रहेको प्रदेश २ का अन्य जिल्लामा यसको जोखिम उच्च थिएन । बारा, रौतहट र सर्लाहीमा फाट्टफुट्ट संक्रमित देखिए पनि प्रदेशलाई गाँज्ने गरी कोरोना भाइरस सरिसकेको थिएन । तर, उच्च जोखिमलाई छल्दै लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि संक्रमण समुदायमै फैलिएको हो ।

सीमाबाट घुसपैठ, लकडाउनमा निस्फिक्री घुमफिर र सामाजिक दूरी कायम नगर्दा प्रदेश २ कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको छ । मंगलबार एकै दिन प्रदेशका ६१ जनामा संक्रमण देखियो ।

मृत्यु संस्कार, पारिवारिक भेंटघाट, चोक–चौतारामा गफिनेको भीड लाग्न थालेपछि बुधबारदेखि भने लकडाउनमा कडाइ गरिएको छ । ‘लकडाउनमा घरमै बस्नुर्पयो । घरमा नबसे कोरोनालाई नियन्त्रण गर्न समस्या हुन्छ,’ प्रदेशको स्वास्थ्य विभागसमेत हेर्ने समाजिक विकास मन्त्री नवलकिशोर साहले भने ।

लकडाउनमा मानिसहरूको गतिविधि नरोकिएपछि मंगलबारदेखि बारा र पर्सामा निषेधाज्ञा लगाइएको छ । संक्रमण अन्य जिल्लामा पनि फैलिन थालेपछि प्रदेशभरि नै निषेधाज्ञा लगाउने तयारी भइरहेको उनले बताए । प्रदेश २ को सीमा नाकामा नेपाल प्रवेश गर्न खोज्ने बुधबारसम्म ९३ जना पुगेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी सिरहाको सीमापारी ६९ जना छन् ।

संक्रमण तीव्र भइरहँदा परीक्षणको दायरा बढाउनुपर्नेमा स्वास्थ्य सामग्री अभावमा झन् खुम्चिँदै गएको छ । जनकपुर, वीरगन्ज र राजविराजमा रहेको आइसोलेसन वार्डमा १ सय ६ जना उपचाररत छन् । हालसम्म प्रदेशभर १ हजार ७ सय ९२ जनाको मात्र स्वाब परीक्षण र ३ हजार १ सय ३१ जनाको आरडीटी गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies