Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

काभ्रे र भक्तपुरको सिमा नाका साँगामा सवारी जाँच थप कडा

भक्तपुर । विभिन्न ढुवानीका साधन र अन्य साना सवारी साधनले पूर्वका विभिन्न जिल्लाबाट यात्रु बोकेर साँगामा ल्याएर छाड्छन् र भक्तपुर छिर्छन् भन्ने गुनासो बढ्यो । काभ्रे नाकाबाट भक्तपुर हुँदै उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको गुनासो आएपछि जनप्रतिनिधी र प्रहरीको संयुक्त टोलीले काभ्रे र भक्तपुरको सिमा नाका साँगामा अनुगमन गरेको छ ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीसहित जनप्रतिनिधि र सञ्चारकर्मीको टोलीले भक्तपुर र काभ्रेको साँगामा अनुगमन गरेको हो ।

पूर्वबाट आउने सवारीसाधनले यात्रु बोकेर साँगा नाका हुँदै भक्तपुर प्रवेश गर्ने र कतिपय सवारीसाधनले साँगामा यात्रु ल्याएर छोड्ने गरेको गुनासो आएपछि अनुगमन गरेको उप्रमुख बस्नेतले बताए । उपमेयर बस्नेतको नेतृत्वमा वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी, वडा नं १० का वडाध्यक्ष कुमार राउत, वडा नं। २ का वडा सदस्य सुवास कार्की, प्रहरी टोली, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीसहितको पत्रकार टोलीले साँगामा संयुक्त अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सरकारी नम्बरप्लेटका सवारीसाधनले नै नियम उलङ्घन गरेको पाइएको उपप्रमुख बस्नेत बताउछन् । तोकिएको समयभन्दा फरक समयमा ढुवानीका साधन र सरकारी नम्बरप्लेटका सवारीसाधन निर्वाध रुपमा सडकमा चलेका देखिन्थे । अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलदेखि प्रत्येक सवारीसाधनलाई रोकेर पास लगायतका कागजपत्र हेर्नुका साथै अन्य सोधपुछ गरेको देखिन्थ्यो ।

सरकारी नम्बरप्लेटका सवारीसाधनले अनावश्यक मान्छेसमेत बोकेर आएको पाइन्थ्यो । कतिपय सरकारी नम्बरप्लेटका सवारीसाधनमा सपरिवार देखिन्थे । उपमेयर बस्नेतले सिन्धुली र धुलिखेलमा याताययात रोक्नुपर्ने आवश्यकता रहेको बताए । विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मानिस आउने क्रम बढेपछि उपत्यका भित्रिने नाकामा थप कडाइ गर्न माथिल्लो निकायले निर्देशन दिएपछि साँगामा पनि कडाइ गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनले यात्रु बोकेर आउने सवारीसाधनलाई साँगाबाटै फर्काउने गरेको दाबी गरे ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा जोखिम कम गर्न एक जिल्लाबाट अर्को जिल्लामा मानिसको आवगमनलाई रोक्न कडाइ गरिएको हो । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत उपत्यकाको पूर्वी नाका साँगा, नाला र जगाती चोकको गत शुक्रबार गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीको नेतृत्वमा महानगरीय प्रहरी कार्यालय प्रमुख डिआइजी विश्वराज पोखरेल, सशस्त्र प्रहरी बल उपत्यका बाहिनीपति डीआइजी चन्द्रप्रकाश गौतमलगायतले अनुगमन गरेपछि थप कडाइ गरिएको उनले जानकारी दिए।

सरकारले लकडाउनको स्वरुप परिवर्तन गरेपछि सवारी साधनको सञ्चालन बढेसँगै उपत्यकामा कोभिड–१९ को जोखिम कम गर्न उपत्यकामा अनाश्यक मानिस भित्रिन नदिन सुरक्षा जाँचमा कडाइ गरिएको छ । पूर्वी नाका जगातीबाट मालबहाक सवारीसाधन, औषधि तथा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति, सुरक्षा, सरकारी निकायका व्यक्ति, उपचाररत बिरामी र सञ्चारकर्मीलाई मात्रै प्रवेश गराएको डिएसपी जोशी बताउछन् ।

उपत्यका भित्रिने अधिकांश व्यक्तिहरुको व्यक्तिगत विवरण तथा शरीरको तापक्रम लिइसकेपछि मात्र जगाती नाकाबाट प्रवेश गर्न दिइने व्यवस्था गरेको उनले बताए । अहिले पनि साँगा नाकाबाट जगाती हुँदै दैनिक एकहजार ५०० देखि दुई हजार सवारीसाधन भित्रिएका छन् भने त्यसको केही कम सङ्ख्यामा काभ्रेतर्फ जाने गरेको प्रहरीको भनाइ छ । यात्रु बोकेर बस आउने क्रम रोकिए पनि साना गाडी र मालवाहक गाडीहरुले भने केही यात्रु बोक्ने गरेको अनुगमन कै क्रममा भेटिने गरेको छ ।

सवारीसाधनमा आउनेहरुले एक मिटरको दूरी, मास्क, पञ्जा जस्ता सुरक्षाका सामग्री अधिकांशले प्रयोग नगरेको पाईएको छ । यस्तोमा झन जोखिम बढ्ने टोलीको ठहर छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies