Khabar Dabali Logo
  January 20, Wed

एसइइ विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह

प्युठान । लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा(एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब तीन सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए।

त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ ।
पालिकाका माध्यमिक विद्यालयबाट दुईदुई जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।
जिल्लाका नौ वटै स्थानीय तहलाई समन्वय गरी विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भनिए पनि इन्टरनेटको पहुँच नहुँदा गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख शिवराज पण्डितले बताए । अन्य पालिकालाई पनि पुनरावृत्तिका अभ्यास सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।

प्युठान नगरपालिका नगर क्षेत्रका एसइई दिने विद्यार्थीको सहजताका लागि रेडियो कक्षा सञ्चालनको तयारीमा रहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । जिल्लामा एसइई दिने विद्यार्थी चार हजार १४८ विद्यार्र्थी छन् । तिनमा दुई हजार २८८ छात्रा छन् ।

बैशाख ३० गते, २०७७ - १२:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...   

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...   

फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

हेटाै‌डा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...   

प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...   

ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो

ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...   

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...   

भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...   

९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...   

भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...   

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top