


चितवनमा प्रहरीले गाँजा बरामद गर्दा स्थानीयकाे अवरोध, प्रहरीद्वारा हवाईफायर


-
-
बैशाख २७ गते, २०७७ - १०:३३

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।
प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको तीन मिनेटमै स्थगित
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको...भारतले अनुदानमा दियो १० लाख डोज कोरोना भ्याक्सिन, भोलि नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या...९५ वर्षीय बरिष्ठ अधिवक्ताले भने: प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचियो
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज...भारतले आजदेखि नेपालसहित ६ वटा देशलाई अनुदान खोप दिदै
काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको...खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई...

प्रतिकृया लेख्नुहोस्:
- खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
- फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
- सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
- भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ