Khabar Dabali Logo
  January 18, Mon

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

काठमाडौं । एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा। वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर९घरमा खटिएको छ।

सीमावर्ती सहर नेपालगन्जमा हालसम्म १६ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण महाशाखाबाट हेमन्त ओझा, प्रदीप रिमालसहितको टोली परिचालन भएको छ। त्यस्तै, मन्त्रालयबाट यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली खटिएको छ। प्रदेश ५ बाट पनि टोली परिचालन भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमितमध्ये १५ जना एउटै टोलका भएकाले संक्रमण अन्यमा पनि भएको आशंका छ। उनले भने, ‘एउटै टोलमा धेरै संख्या देखिएको र आवतजावत गरेको पाइएकाले अलि जोखिमयुक्त मानिएको छ।’

नेपालगन्ज उपमहानगरपालिका भित्रको जोलहानपुर्वाका बासिन्दामा बढी संक्रमण पाइएको हो। संक्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको परीक्षण हुने क्रममा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार मुलुकभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा बसेका छन। जसमध्ये प्रदेश नं ५ मा झन्डै आधा व्यक्ति क्वारेन्टाइनमा बसेका छन्। प्रवक्ता डा। देवकोटाका अनुसार यस प्रदेशमा ९ हजार ९ सय ५३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन्।

संक्रमित कहाँ कति रु

मुलुकभर हालसम्म संक्रमितको संख्या ७५ छ। संक्रमितमध्ये पुरुष ५८ र महिला १७ जना छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, २ मा १३ र बागमती प्रदेशमा ७ जना छन्।

त्यस्तै, गण्डकी प्रदेशमा २ र ५ मा १७ र सुदूरपश्चिममा ५ जना संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा हालसम्म संक्रमित फेला परेका छैनन्। जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। उपचाररत संक्रमितको संख्या ५९ छ। विराटनगरमा ३१, नेपालगन्जमा १६, वीरगन्जमा ९, धनगढीमा १, भरतपुरमा १ र रुपन्देहीमा १ जना छन्। सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रवक्ता डा । देवकोटाले जानकारी दिए। आइसोलेसनमा बसिरहेका सम्भावित संक्रमितको संख्या १ सय ६ जना रहेको छ।

बैशाख २३ गते, २०७७ - ०८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top