Khabar Dabali Logo
  June 6, Sat

भारतीय अभिनेता इरफान खानको निधन

नयाँदिल्ली । भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ ।

खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गर्नु भएको थियो । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गरेका थिए ।

उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए ।

सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो ।

खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

बैशाख १७ गते, २०७७ - १४:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका...   

कपिलवस्तु कारागारमा एक कैदीको मृत्यु

चन्द्रौटा । कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका...   

विप्लब समूहका कार्यकर्ता पक्राउ

खलङ्गा । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का...   

भक्तपुरमा आकस्मिक रक्तदान

भक्तपुर । मिलन युवा क्लब, बालकोट र नेपाल रेडक्रस सोसाइटी बालकोट युवा सर्कलको आयोजनामा आज सूर्यविनायक...   

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

पर्सा । नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले...   

प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन...   
कोरोनाको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

कोरोनाको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

कम्पाला । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा...   
चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

प्राग । विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई...   

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग व्यवसायीकाे छलफल

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को...   

विप्लब समुहका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top