Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओली सरकारले ल्याएको अध्यादेश अनिष्टकारी र आपत्तिजनक छ : विश्लेषक श्याम श्रेष्ठ

काठमाडौं । वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अनिष्टकारी र आपत्तिजनक भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कोरोना महामारीले निम्त्याएको संकटको बेला अरुको पार्टी फुटाउने र आफ्नो पार्टीभित्रको आलोचनात्मक मतलाई तह लगाउने नियतले अध्यादेश ल्याइनु अत्यन्तै आपत्तिजनक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा अध्यादेशबारे बोल्दै श्रेष्ठले भनेका छन्, “सिंगो देश एकजुट भएर कोरोना महामारी बिरुध्द लागिरहेको यो समयमा बेला कुबेलाको कुनै हेक्का नै नराखेरअरुका पार्टी फुटाउने र आफ्नो पार्टी भित्रको भिन्न र आलोचनात्मक मतलाई पार्टी फुटको धमास दिएर तह लाउने, तह नलागे पार्टी नै टुक्राउन समेत पछि नपर्ने नियतले जुन अध्यादेश आएको छ त्यो घोर अनिष्टकारी र आपत्तिजनक छ ।”

उनले स्वस्थ्य र सहि दिमागले यस्तो कदम नचालिएको पनि टिप्पणी गरेका छन् । श्रेष्ठले सरकारको कदमप्रति गलत भएको भन्दै सबैले आवाज उठाउनुपर्ने बताएका छन् । उनले अध्यादेश खारेज गर्नुपर्ने पनि बताएका छन् ।

‘यतिखेर सबै नेपालीले एक स्वरले किन आवाज नउठाउने ?’ श्रेष्ठले भनेका छन्, ’यस्तो महामारीको समयमा दलहरुका बीच फाटो ल्याउने, , देशको ध्यान अन्यत्र मोड्ने यो राष्ट्र विभाजनकारी खुराफाती अध्यादेश खारेज हुनु पर्छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies