Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

महिलाहरु गकडाउनको अवधिमा आम्दानीको स्रोत सृर्जना गर्दै, सिप सिक्दै

पाल्पा । पाल्पा, रामपुर नगरपालिका महिला यतिबेला लकडाउनको समय सिर्जनशील बनी सदुपयोग गरिरहेका छन् । कोभिड– १९ को संक्रमण फैलिन नदिन घरमै बसेर सिलाइबुनाइका काम गर्ने तिनको दिनचर्या नै बनेको छ । विभिन्न रङ्गीन कागज, धागो तथा खाली प्लाष्टिकका सिसीलाई प्रयोग गर्दै गमला र झुल्लर बनाउने, स्वीटर, कुसन, चकटी र डोरमेट, रुमाल र मास्क बुन्ने, चुरामा बुट्टा भर्ने तथा सिलाइकटाइका कामसमेत उनीहरु गर्छन् ।

नगरपालिका ५ की विन्दु श्रेष्ठ अहिले स्विटर र आउटर बुनेर आफूले समय बिताउने गरेको बताउँछिन । उनी लकडाउनका बेला आफू सुरक्षित बन्दै घरमै बसेर बुनाइको काम गर्दछिन् । यससँगै घरका छतमा तरकारी रोप्ने तथा विभिन्नथरिका अचार बनाउने काम गर्दछिन्। उनी जस्ता करीब १५ महिला यतिबेला यस क्षेत्रमा यस्तै सीप आफैंँ सिक्ने तथा आफूले सिकेको सीप विकास गर्नमा व्यस्त छन् ।

रामपुरकै मनकुमारी थापा मश्राङ्गी इन्टरनेटको माध्यमबाटै सीप सिकेर विभिन्नथरि पुतली बनाउँछिन् । मोबाइलमा नचाहिने कुरा हेर्ने र खाली समय सुतेर बिताउनुभन्दा घरमा गुडिया बनाउने तथा झुल्लरलगायत सामग्री तयार गरेर कोठा सजाउने गरेको मश्राङ्गीको भनाइ छ । उनी घरकै करीब एक रोपनी जग्गामा नियमित मौसमी तथा बेमौसमी तरकारीसमेत उत्पादन गरी बिक्री गर्दछिन् ।

महिलाहरु आफूले सिकेको सीपलाई विकास गर्न सके बजारमा माग हुने सामानको परिपूर्ति गर्न सहज हुने बताउँछिन् । आफूले खाली समयमा यस्ता सीप सिकेमा महामारी र विपत्तिको अवस्था हटेपछि बजारमा बिक्री गर्न सकिने तिनको भनाइ छ ।

नगरपालिकाका धेरै महिलाले मुडा बुन्ने तथा ढाकाको कपडाबाट थैली, झोला, पछ्यौरालगायत सामानसमेत बनाउने गरेका छन् । यसरी बुनेका सामग्री आफन्तलाई चिनोका रुपमा पनि दिइन्छ । उनीहरु अर्डर अनुसार पनि यस्ता सामग्री बनाउँछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies