Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विश्व बैंकले दियो नेपाललाई ३ अर्ब ५० करोड ऋण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपैयाँ (दुई करोड ९० लाख अमेरिकी डलर) भन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरे ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत उपलब्ध गराइने उक्त ऋण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने जनाइएको छ । उक्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथामको तयारी तथा आकस्मिक सहायतामा प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै रोकथाममा नेपालको क्षमता बढाउने, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘कन्ट्याक्स टे«सिङ’का लागि उपयोग हुने छ ।

स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन हुने यो परियोजनाअन्तर्गत देशका विभिन्न ठाउँमा नयाँ आईसीयू, बेड तथा आइसोलेसन सुविधा स्थापनामा प्रयोग गरिने छ । त्यस्तै उक्त रकम स्वास्थ्य प्रयोगशालाको रोग पहिचान क्षमता बढाउन पनि उपयोग हुने सम्झौतामा उल्लेख छ ।

सम्झौतापछि सचिव ढुङ्गानाले उक्त सहयोगले कोरोना महामारी रोकथाम तथा भविष्यमा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिमविरुद्ध लड्न क्षमता बढाउन सहयोग पुग्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies