Khabar Dabali Logo
  June 5, Fri

कोरोनाको महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

लकडाउन हटाइएपछि स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले २३ जनवरीयता पहिलो पटक वुहान सहर जान पाउनेछन् ।

लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् । मंगलबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि कोरोना भाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा कडा प्रतिबन्ध लगाएका थिए । एक करोड १० लाख जनसंख्या रहेको सो सहरमा सबैजसो व्यापार–व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।

गत महिना वुहानमा एक साताभर कोरोना भाइरसका नयाँ संंक्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो। संक्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।

बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ । त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ ।

औषधी आपूर्ति र अन्य दैनिक उपभोग्य काममा संलग्न मानिसहरू आफ्नो काममा फर्किन पाउनेछन् । विश्वव्यापी तथा राष्ट्रिय आपूर्ति सञ्जालसँग जोडिएका र त्यसमा असर पार्ने उद्योगहरू पनि अब सुचारु हुनेछन् ।

सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु बोकेर दुई सय विमानहरू वुहान सहरबाट अन्यत्र जाने तय भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले आकाशबाट खिचिएका भिडिओ सामाग्रीहरू देखाएका छन् । जसमा झण्डै १ सय वटा उच्च गतिका रेलहरू प्रस्थानका लागि तयार अवस्थामा छन् ।

राजमार्गमा यातायातको आवतजावत रोक्नका लागि लगाइएका बन्देजहरू पनि हटाइएका छन् । चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ।

चैत २६ गते, २०७६ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंका तीन स्थानमा विदेशबाट आएकालाई राखिने, यस्ताे छ व्यवस्थापन

काठमाडौं। काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको...   

लालपुर्जा नेपालको, भूमि भारतीय कब्जामा

झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४...   

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल,...   

बैतडी घटना : इन्जेक्सन लगाएर बलात्कार गर्ने दोषीलाई साढे ११ वर्ष कैद सजाय

बैतडी । सर्वोच्च अदालतले बैतडी (कुमारी) बलात्कार घटनाका दोषीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । गत...   

सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च...   

अर्को निर्णय नभएसम्म बजार नखुल्ने

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको...   

५३ हजार विपन्न विद्यार्थीलाई एक अर्बकाे छात्रवृत्ति , अनलाइन फारम भर्न नसकेर १३ हजारले मात्र पाए

काठमाडौं । वर्षमा एकपटक अनलाइन फाराम भर्न नसकेर छात्रवृत्ति गुमाउने अवस्थामा एकैपटक ‘भर्चुअल क्लास’...   

लकडाउनयता भारतबाट एक लाख ६६ हजार भित्रिए

काठमाडौं । लकडाउन शुरु भएयता भारतबाट एक लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैध...   
योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा...   

‘राष्ट्रसंघीय उच्चायुक्तको प्रतिवेदन आधारहीन’

काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तद्वारा नेपालमा अभिव्यक्ति स्वतन्त्रता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top